हबल टेलिस्कोपमा आएको समस्या नासाद्वारा समाधान, पुन: सञ्चालनमा

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार

काठमाडौं ।

नासाले हबल टेलिस्कोपको मर्मत गरेर त्यसलाई पुन सञ्चालनमा ल्याएको छ। एक महिनाअघि केही मेमोरीमा आएको खराबीका कारण यो टेलिस्कोप सेफ मोडमा गएको थियो।

नासाले यसलाई अन अफ गर्ने लगायतका सबै प्रकारका उपाय अपनाए पनि समस्या समाधान भएको थिएन।

त्यसपछि समस्याको जाँच पड्ताल गरेर नासाले उक्त डिभाइसको साइन्स इन्स्ट्रुमेन्ट कमान्ड तथा डाटा ह्यान्डलिङ मोड्युलमा पावरको समस्या भएको पत्ता लगाएको थियो।

नासाको टोलीले गत जुलाई १५ का दिन टेलिस्कोपकफ ब्याकअप डाटा ह्यान्डलिङ मोड्युलमा जाने र यो पूरा हुने थुप्रै दिन लाग्नसक्ने बताएको थियो। तर अहिले भने नासाले यो टेलिस्कोप ठिक भएको र चलाउन मिल्ने जानकारी दिएको हो।

हबल टेलिस्कोपमा यो समस्या गत जुलाई १३ का दिन हबलको पेलोड कम्प्युटरले काम गर्न छोडेपछि शुरु भएको थियोl

तर पेलोड कम्प्युटरले हबलमा भएको वैज्ञानिक उपकरणको नियन्त्रण र सामञ्जस्य गर्ने हुनाले यसले काम नगर्दा हबल लाई सञ्चालनमा ल्याउनुको कुनै तुक हुने थिएन। त्यसैले पेलोड कम्प्युटरमा समस्या देखिएपछि मुख्य कम्प्युटरले हबललाई सेफ मोडमा पुर्याएको हो।

नासाका इन्जिनियरहरुले शुरुमा उक्त समस्या पेलोड कम्प्युटरको मेमोरी मोड्युलसँग सम्बन्धित भएको सोचेकाले जगेड मेमोरी राखे पनि काम गरेन। पछि नासाले यो समस्या अलि माथिल्लो तहको भएको आकलन गरे। पेलोड कम्प्युटरलाई पछिल्लोपटक सन् २००९ मा सर्भिसिङ गरिएको थियो।

नासाले हबललाई पुन ठिक बनाउन ब्याक अप हार्डवयरमा भर पर्दै आएकामा अब भने ब्याकअप बाँकी नरहेको बुझिएको छ। पहिलोपटक शुरु गरेको ३० वर्ष भएकाले अब हबलको सामान्य आयु सकिँदै छ। यसले अपेक्षा गरेभन्दा धेरै समय काम गरिसकेको छ।

एजेन्सीका साथमा

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया