सन् २०२० मा रिफर्बिश्ड फोनको बिक्री ४ प्रतिशतले वृद्धि: रिपोर्ट

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
सन् २०२० मा रिफर्बिश्ड फोनको बिक्री ४ प्रतिशतले वृद्धि: रिपोर्ट
सांकेतिक तस्बिर

काठमाडौं ।

अनुसन्धान संस्था काउन्टरप्वाइन्ट रिसर्चले सन् २०२० र २०२१ को विश्वव्यापी रिफर्बिश्ड स्मार्टफोनको बिक्रीको प्रतिवेदन तथा प्रक्षेपण सार्वजनिक गरेको छ।

जसमा २०२० को विश्वव्यापी बिक्रीको आँकडालाई हेरेर यस वर्षको बिक्रीको प्रक्षेपण गरिएको छ।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार सन् २०२० को उत्तरार्द्धमा पूर्वार्द्धको तुलनामा रिफर्बिश्ड फोनको विश्वव्यापी बिक्री ४ प्रतिशतले वृद्धि भएको थियो।

सन् २०२० को समग्र बिक्री पनि अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ।

कोरोना महामारीका कारण विश्वका थुप्रै देशको अर्थतन्त्र खस्कियो भने धेरै जनाले जागिर गुमाए। यसैकारण नयाँ फोन भन्दा पनि रिफर्बिश्ड फोनप्रति मानिसहरुको रुची बढेको प्रतिवेदनमा उल्लेख छ।

काउन्टरप्वाइन्टले सन् २०२० मा रिफर्बिश्ड फोनको माग तथा आपूर्तिमा पनि बढोत्तरी भएको जनाएको छ।

संस्थाले अध्ययनमा समेटेका क्षेत्रमा अमेरिका, ल्याटिन अमेरिका, यूरोप, दक्षिणपूर्वी एसिया, भारत तथा अफ्रिका रहेका थिए। एप्पलको रिफर्बिश्ड फोनको औसत बिक्री मूल्य अन्य फोनको भन्दा तीन गुणा थियो।

संस्थाले गरेको यो वर्षको प्रक्षेपणमा स्मार्टफोनको दवितीय बजारको अवस्था उज्वल देखिन्छ। यसमा बजारमा उपलब्ध फोनको औसत बिक्री मूल्य घट्नाले पनि माग बढेको पाइएको छ।

यसबाहेक विश्वव्यापी खस्कँदो अर्थतन्त्र तथा मानिसहरुको क्रयशक्तिका कारण पनि रिफर्बिश्ड फोनको माग बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ३ श्रावण २०७८, आईतवार