विश्वव्यापी चिप अभावका बावजूद टीएसएमसीको आम्दानीमा उल्लेख्य वृद्धि

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
विश्वव्यापी चिप अभावका बावजूद टीएसएमसीको आम्दानीमा उल्लेख्य वृद्धि

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसमएसीको आम्दानी विश्वव्यापी चि अभावका बावजूद उल्लेख्य मात्रामा वृद्धि भएको छ।

ताइवानमा रहेको विश्वकै सबैभन्दा ठूलो कन्ट्रयाक्ट चिप निर्माता कम्पनी टीएसएमसीले विश्वको २८ प्रतिशत चिप उत्पादनको हिस्सा ओगटेको छ भने यसका चिपहरु गेमिङ कन्सोल, स्मार्टफोन, पर्सनल कम्प्युटर तथा कारहरुमा प्रयोग हुँदै आएको छ।

विश्वव्यापी रुपमा भएको चिप अभावका बावजूद कम्पनीले वार्षिक वृद्धिमा उल्लेख्य मात्रमा छलाङ मारेको छ।

हालै सार्वजनिक भएको एक वित्तीय प्रतिवेदन अनुसार कम्पनीले १३ अर्ब ३० करोड डलर बराबरको चिप बिक्री गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा २० प्रतिशतले बढी हो।

यद्यपि कम्पनीका सीईओले भने हाल भइरहेको चिप अभावको श्रृङ्खला यो वर्षभरी नै रहने बताएका छन्। यसबाट विशेषगरी कार निर्माताहरुलाई आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याउन समस्या पर्ने देखिएको छ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार