मोबाइल वालेटमार्फत हुने कारोबार रकम घट्दो, जेठ महिनामा मात्रै १ अर्ब ७५ करोड रुपैयाँले ओरालो

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
मोबाइल वालेटमार्फत हुने कारोबार रकम घट्दो, जेठ महिनामा मात्रै १ अर्ब ७५ करोड रुपैयाँले ओरालो

काठमाडौं ।

नेपालमा मोबाइल वालेट मार्फत् भएको कारोबर संख्या र रकम वैशाख महिनाभन्दा जेठ महिनामा धेरै घटेको छ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या ९७ लाख ५० हजार ६५ रहेको छ।

यो संख्या एक महिना अघि अर्थात् फागुन मसान्तको तुलनामा ९ लाख ९३ हजार ४४६ ले घटी हो।

वैशाख मसान्तसम्म यो संख्या १ करोड ७ लाख ४३ हजार ५११ रहेको थियो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थाले पनि वैशाखको आधाआधीमा कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएकाले पनि यो सेवा प्रभावित बनेको आकलन गर्न सकिन्छ।

वैशाखमा घटेको मोबाइल वालेटमार्फत् हुने कारोबार सङ्ख्या र रकम जेठमा पनि निरन्तरता पाएको हो।

कारोबार संख्या घटेसँगै कारोबार रकममा पनि कमी आउनु स्वाभाविकै हो।

वैशाख सान्तसम्ममा मोबाइल वालेटमार्फत् १० अर्ब १० करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा जेठ मसान्तसम्ममा यो रकम घटेर ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ।

यो रकम अघिल्लो महिनाको भन्दा १ अर्ब ७५ करोड ३० लाख रुपैयाँले घटी हो।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...