सिभिल बैंकले ल्यायो आकर्षक ब्याजदरमा दुई बचत योजना

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
सिभिल बैंकले ल्यायो आकर्षक ब्याजदरमा दुई बचत योजना

काठमाडौं ।

सिभिल बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु – सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ।

न्युनतम मौज्दात २५ हजार रहेको सुपर प्रिमियम वचत खातामा बैंकले वार्षिक ६.०१ प्रतिशत ब्याज दिने बताएको छ। साथै, ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स,पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) को दुई लाखसम्मको निःशुल्क औषधि उपचार वीमा सुविधा दिने बताईएको छ।

ग्र्राहकले निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पाउनेछन्।

त्यसैगरी, खुत्रुके खातामा ग्राहकले दुई बर्ष देखि दश बर्षसम्मको अवधि छनोट गरेर मासिक न्युनतम पाँच सयदेखि माथि बचत गर्दै जान सक्नेछन्। कारणबस जम्मा गर्न नसकिएको अवस्थामा जरिवाना लाग्ने छैन।

ग्राहकले आफूले निर्धारण गरेको समय सीमापछि साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउने बैंकले जनाएको छ।

यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज दिइने छ।

अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकमको ७० प्रतिशत ऋणमा नै बिना झन्झट निकाल्न सकिने जनाएको छ ।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार