सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

काठमाडौं ।

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ।

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५५ वा अधिकतम् रु १,५००÷ सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो । त्यस्तै क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ। उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराजको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • १ श्रावण २०७८, शुक्रबार