
काठमाडौं ।
सामसङले गत वर्ष मार्चमा घोषणा गरेको ग्यालेक्सी एम२१ स्मार्टफोनको नयाँ संस्करण ग्यालेक्सी एम२१ २०२१ एडिशन आगामी जुलाई २१ तारिखमा सार्वजनिक गर्ने भएको छ।
यो जानकारी अमेजन इन्डियाका तर्फबाट आएको र यस पहिले ग्यालेक्सी एम२१ प्राइम एडिशन नाम रहने भनेर चर्चा गरिएको ग्यालेक्सी एम२१ २०२१ एडिशन अनुसार भारतमा अर्को हप्ता अमेजन प्राइम डे इभेन्टमा सार्वजनिक हुने बताइएको छ।
अमेजन डट इनले आफ्नो वेबसाइटमा ग्यालेक्सी एम२१ २०२१ एडिशनको डिजाइन तथा स्पेशिफिकेशन सहितको छुट्टै प्रोमो पेज पनि निर्माण गरेको छ।
उक्त पेजमा उपलब्ध जानकारी अनुसार यो डिभाइसमा ६.४ इन्चको फुल एचडी+ सुपर एमोलेड इन्फिनिटी-यू डिस्प्लेका साथै ६००० एमएएच क्षमताको ब्याट्री रहनेछ।
पछाडपट्टि ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहने यो फोन फिंगरप्रिन्ट स्क्यानर पनि पछाडिपट्टि रहनेछ।
प्रकाशित: १ श्रावण २०७८, शुक्रबार