
काठमाडौं ।
अमेरिकी सरकारले देशको महत्वपूर्ण पूर्वाधारमा र्यान्समवयर हमला गर्नेहरुको जानकारी दिनेलाई पुरस्कार दिन १ करोड डलरको कोष स्थापना गर्ने भएको छ।
यो पुरस्कार स्टेट डिपार्टमेन्ट्स रिवार्ड फर जस्टिस आरएफजे कार्यक्रम अन्तर्गत दिइनेछ। यो पुरस्कार पाउनेले क्रिप्टोकरेन्सीमा समेत भुक्तानी लिन पाउनेछ। यद्यपि क्रिप्टोकरेन्सीमार्फत् पुरस्कार लिन पाउने व्यवस्था कुनै अमेरिकी संघीय निकायले गरेको यो पहिलोपटक हो।
डिपार्टमेन्टले यो प्रोग्रामले सम्भाव्य स्रोतहरुको सुरक्षा र गोपनीयता कायम गर्न एउटा टोरमा आधारित डार्क वेब च्यानल समेत स्थापना गरेको बुझिएको छ।
यो निर्णय अमेरिकी सरकार बढ्दो र्यान्समवयर हमला झेलिरहेको समयमा लिइएको छ। गत मे महिनामा एउटा ह्याकर समूहले अमेरिकाको सबैभन्दा ठूलो पेट्रोलियम पाइपलाईनमा साइबर हमला गरेको थियो।
यो हमलामा रुसी तथा पूर्वी यूरोपका ह्याकरहरुको संलग्नता रहेको भनिएको डार्कसाइडको हात रहेको एफबीआईले आरोप लगाएको थियो।
स्टेट डिपार्टमेन्टले एङ्क विज्ञप्तिमार्फत् उक्त पुरस्कार अन्य देशका निर्देशन तथा नियन्त्रणमा सुरक्षित कम्प्युटरहरुलाई हानी पुर्याउने उद्देश्यले हमला गर्ने साइबर अपराधीहरुको जानकारीका लागि हुने बताएको छ।
सुरक्षित कम्प्युटर भन्नाले अमेरिकी सरकार तथा आर्थिक संस्थाका कम्प्युटर प्रणाली मात्र नभइ अन्तरराज्य वा वैदेशिक व्यापार र सञ्चारका लागि प्रयोग गरिएका कम्प्युटरहरु पर्ने उसले जनाएको छ।
डिपार्टमेन्टले उक्त कार्यक्रमले स्रोतलाई पुरस्कार रकम भुक्तानी सम्भाव्य पुनर्सथानान्तरका लि अन्तर एजेन्सी साझेदारहरुसँग काम भइरहेको पनि बताएको छ।
प्रकाशित: १ श्रावण २०७८, शुक्रबार