ताजा समाचार

सामसङले १७ अर्बको चिप फ्याक्ट्री लगाउनको लागि टेक्सासमा नयाँ स्थान खोजी गर्दै

सामसङले १७ अर्बको चिप फ्याक्ट्री लगाउनको लागि टेक्सासमा नयाँ स्थान खोजी गर्दै
Global IME Bank

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो योजनाबद्ध १७ अर्ब डलरको अमेरिकी चिप कारखाना टेक्सासमा अस्टिन बाहेक अन्य ठाउँमा निर्माण गर्दा कर छुट दिनका लागि अनुरोध गरेको छ।

हाल कम्पनीको चिप प्लान्ट अस्टिन रहेको छ र टेक्सास राज्यका अधिकारीहरूकोमा दर्ता गरेको एक कागजातले देखाएको रोयटर्सले उल्लेख गरेको छ।

बिहीबार सार्वजनिक गरिएको कागजातले देखाएअनुसार सामसङले टेक्सासको विलियमसन काउन्टीमा चिप कन्ट्र्याक्ट निर्माण सुविधाका लागि विचार गरिरहेको छ जसमा १७ अर्ब डलरभन्दा बढीको लगानी हुने र १,८०० जनाले नयाँ रोजगारी पाउने बताइएको छ।

विलियमसन काउन्टी टेलर इण्डिपेन्डन्ट स्कूल डिस्ट्रिक्टको घर हो, जसले सामसङले आवेदन गरेको कर छुटको बारेमा विचार गरिरहेको छ ।

कागजातका अनुसार २०२९ सम्ममा सो जिल्लाले ४.३५ अर्ब डलर बराबरको बजार मूल्यको सट्टा सामसङको प्रस्तावित सुविधाको १० वर्षसम्म ८ करोड डलर लाग्ने कर तिर्न सक्ने विचार गरिरहेको छ।

Sajilo Visa
easy care