सन् २०२५ सम्ममा उड्ने कार व्यवसायमा हात हाल्ने जापान एयरलाइन्सको योजना

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
सन् २०२५ सम्ममा उड्ने कार व्यवसायमा हात हाल्ने जापान एयरलाइन्सको योजना

काठमाडौं ।

जापान एयरलाइन्सले आगमी सन् २०२५ सम्ममा आफ्नो सेवाको क्षेत्र विस्तार गरेर उड्ने कार व्यवसायमा हात हाल्ने योजना बनाएको छ।

कम्पनीले सन् २०२५ को आर्थिक वर्षभित्र आफ्नै उड्ने कार सेवा शुरु गर्ने लक्ष्य लिएको छ।

निक्केइएसियाको एउटा रिपोर्ट अनुसार जापान एयरलाइन्सले माइ पर्फेक्चर तथा अन्य क्षेत्रमा एयरपोर्ट र पर्यटकीय गन्तव्यलाई जोड्ने यात्रुवाहक यातायात शुरु गर्नेछ।

कम्पनीले यो व्यवसायलाई ट्याक्सी जस्तै बनाउनेछ जसमार्फत् यात्रुहरु देशका विभिन्न भागमा यात्रा गर्न सक्नेछन्। हाल विश्वभरमै अटोमोबाइल उद्योगमा उड्ने कारप्रति निर्माताहरुको प्रतिस्पर्धात्मक नजर रहेको पाइन्छ।

यसका लागि कम्पनीले जापानको सुरक्षा नियामकसँग इजाजत लिनुपर्ने हुन्छ। यसबाहेक कम्पनीले सन् २०२० मा आफैंले लगानी गरेको जर्मन स्टार्टअप भोलोकप्टरद्वारा निर्मित विमान प्रयोग गर्ने पनि रिपोर्टमा जनाइएको छ।

यो एउटा दुई सिट भएको ड्रोन जस्तै विमान हो जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ एयरक्राफ्ट अर्थात् ईभीटोल का नामले पनि चिनिन्छ। यसले प्रतिघण्टा ३५ किलोमिटर देखि ११० किलोमिटरसम्मको गतिमा उडान गर्न सक्छ।

हालै कम्पनीले माइ पर्फेक्चरसँग साझेदारी गरेर यो सेवाको व्यावसायसक परीक्षण गरिरहेको छ। यो परीक्षणमा २० किलोमिटरको छोटो दुरीसम्म उडाइएको छ भने अब बिस्तारै ५०-१५० किलोमिटरको मध्यम रेन्जसम्म पुर्याइने बुझिएको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ असार २०७८, बिहीबार

NOC from Nagarik App

  • ३१ असार २०७८, बिहीबार

E-pension verification system launched

  • ३१ असार २०७८, बिहीबार