अब फेसबुक र इन्स्टाग्रामका पोस्टहरुबाट पनि बोनस पाइने, १ अर्ब डलर छुट्याइयो

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
अब फेसबुक र इन्स्टाग्रामका पोस्टहरुबाट पनि बोनस पाइने, १ अर्ब डलर छुट्याइयो

काठमाडौं ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले एउटा पोस्टमार्फत् फेसबुक र इन्स्टाग्राममा राखिएका सामग्रीका लागि भुक्तानी गर्न १ अर्ब डलरको लगानी गर्ने बताएका छन्।

कम्पनीले विश्वभरका सर्जकहरुलाई आबद्ध गर्न तथा यी प्लेटफर्ममा धेरै भन्दा भेरै यूजरहरुलाई आकर्षित गर्न यो योजना ल्याएको बुझिएको छ।

यी दुई प्लेटफर्ममा बोनस नयाँ आकर्षण भएको र इन्स्टाग्राम एपमा यही गृष्म ऋतुभित्र एउटा नोटिफिकेशनका लागि ठाउँ दिइने र त्यसैमा सर्जकले कमाएको बोनस रकम देखिने कम्पनीले जनाएको छ।

हाल आफ्ना लाइभस्ट्रिममा विज्ञापन राख्न इजाजत दिएका सर्जकहरुका लागि मात्र बोनसको व्यवस्था छ भने ‘स्टार्स’ को ब्याज पाएका केही निश्चित गेमरहरुका लागि स्टार्स बोनसको व्यवस्था गरिएको छ। सामान्य यूजरका लागि भने हालसम्म कुनै पारिश्रमिकको व्यवस्था गरिएको छैन।

इन्स्टाग्राममा पहिलो चरणको बोनस इन्भाइटमार्फत् मात्र उपलब्ध गराइनेछ। यसमा सर्जकहरुले आफ्ना भिडियोमा आईजीटीभीका विज्ञापन राख्न दिएर तथा लाइभ भिडियोमा विभिन्न माइलस्टोन अनुसारको ब्याज हासिल गरेर बोनस पाउन सक्नेछन्।

यसैगरी रील्सका लागि भने आगामी गृष्म ऋतुमा बोनसको फिचर थपिने र सर्जकहरुले रील्समा पोस्ट गरेका सामग्रीबापत् पनि बोनस प्राप्त गर्न सक्नेछन्।

फेसबुक तथा इन्स्टाग्रामले गत वर्ष टिकटकले गरेको उल्लेख्य प्रगतिबाट प्रोत्साहित भएर यो योजना अघि सारेको बुझिएको छ। यसमार्फत् कम्पनीले विज्ञापन तथा कमाउने साथै आफ्ना यूजरहरुलाई मोलिक सामग्री सिर्जना गर्न प्रोत्साहन गर्ने अपेक्षा गरेको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...