भारतीय अनलाइन फुड डेलिभरी जोमाटोको आईपीओ बजारमा, केही घण्टामै १.३८ गुणा सेयर आवेदन

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
भारतीय अनलाइन फुड डेलिभरी जोमाटोको आईपीओ बजारमा, केही घण्टामै १.३८ गुणा सेयर आवेदन

काठमाडौं ।

अनलाइन खाना वितरण कम्पनी जोमाटोको आईपीओका लागि आजदेखि आवेदन खोलिएको छ। ठूलो संख्यामा लगानीकर्ताहरूले जोमाटोको आईपीओमा चासो देखाएको भारतीय मिडियाले जनाएका छन्।

पहिलो दिन दिउँसो १२ बजेसम्म आईपीओमा १.३८ गुणा आवेदन दिएका छन्। आईपीओ जुलाई १६ जुलाईमा बन्द हुनेछ। कम्पनीले ७२ देखि ७६ रुपैयाँ प्रति शेयरअनुसार ९,३७५ करोड भारतीय रुपैयाँ उठाउने योजना बनाएको छ। आईपीओ खोल्नु अघि नै कम्पनीले मंगलबार १८६ एंकर लगानीकर्ताबाट ४,१९६ करोड भारु उठाइ सकेको छ।

जोमाटो एक अनलाइन रेस्टुरेन्ट एग्रीगेटर हो। यसले ग्राहकलाई रेस्टुरेन्टबाट खाना र अन्य चीजहरू उपलब्ध गराउँछ। कम्पनीले रेष्टुरेन्टहरू र होटेलहरूको फोटो र समीक्षा पनि प्रदान गर्दछ। यस अन्तर्गत, बजार पनि रेस्टुरेन्टको लागि गरिन्छ। कम्पनीको कुनै प्रमोटर छैन्। यद्यपि कम्पनीका लगानीकर्ताहरूमा इन्फो एज, एन्ट फाइनान्शियल्स र उबर समावेश छन्।

आईपीओको साथ आएको यो पहिलो भारतीय अनलाईन फूड एग्रीगेटर कम्पनी पनि हो। आईपीओको आधारमा, जोमाटोको मूल्यांकन ६,४६३५ करोड भारु हुनेछ।

सन् २०२० मा जोमाटोको बजार ९६ प्रतिशत वृद्धि भएको बताईएको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...