काठमाडौं ।
दराजको सामान आइएमई पेबाट भुक्तानी गर्दा आईफोन १२ लगायत विभिन्न उपहार पाइने भएको छ। सो सम्बन्धी आइएमई पे र ईकमर्स प्लेटफर्म दराजबीच आज असार ३० गते सम्झौता भएको हो।
सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका छन्।
यससँगै साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी हुने दराजका सेवाग्राहीले आईफोन १२ लगायत लगायत थुप्रै उपहार पाउन सक्नेछन्।
सम्झौता आदानप्रदान कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ईकमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महक्तवपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।
साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड-१९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गरेका छन्।
प्रकाशित: ३० असार २०७८, बुधबार