
काठमाडौं ।
सिंगापुरको चांगी एयरपोर्टको अध्यागमनमा यात्रुहरुको कोरोना नेगेटिभ आए नआएको परीक्षण छिटो होस् भन्ने उद्देश्यले एफ्फिनिडीको यूनिभर्सल भेरिफायर नामको डिजिटल सोलुसन प्रयोगमा ल्याइएको छ।
एफ्फिनाडीका सीईओ ग्लेन गोरले उक्त डिजिटल भेरिफिकेशन सर्टिफिकेटले हवाइ यात्रा सुरक्षित तरिकाले पुन: शुरु हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
भर्चुअल अमेजन इनोभेशन डे मा बुधबार बोल्दै गोरले सिंगापुरको चांगी एयरपोर्ट यस्तो प्रणालीले राम्ररी काम गर्न सक्छ भन्ने प्रमाण भएको बताए।
उनले एफ्फिनिडीको यूनिभर्सल भेरिफायर सोलुशन हाल एयरपोर्टमा यात्रुहरुलाई कोरोना नेगेटिभ आएको तथा अन्य स्वास्थ्यसम्बन्धी तथ्याङ्कको प्रामाणिकता डिजिटल तरिकाले प्रदान गर्नका लागि प्रयोग भइरहेको पनि थपे।

‘यो सोलुशन शुरु भइसकेको छ। तपाईँहरु चांगी एयरपोर्ट हुँदै सिंगापुर प्रवेश गर्न सक्नुहुन्छ। हामी अध्यागमनमा एफ्फिनाडीको यूनिभर्सल भेरिफायरमार्फत् प्रामाणिकता प्रदान गर्नेछाैं,’ उनले भने।
यो सिस्टमले विश्वका १५ फरक फरक मानकहरुलाई पहिचान गर्ने भएकाले जुनसुकै देशबाट आएको भए पनि फरक नपर्ने र यसमार्फत् आउने परिणाम सुरक्षित रहने भएकाले अध्यागमन पार गर्न सहज र सुरक्षित हुने पनि उनको भनाइ छ।
उनले यसमार्फत् प्रमाणीकरण गर्दा पहिले झैं विभिन्न प्रकारका प्याथोलोजी परीक्षणको झञ्झटबाछ मुक्त भइने र आफ्ना स्वास्थ्यसँग सम्बन्धित तथ्य पनि गोप्य रहनेमा जोड दिए।
गोरका अनुसार यसका लागि अनलाइनबाट टिकट बुक गर्नुपर्ने र एयरलाइनको नियमअनुसार पहिले नै स्वाब परीक्षणमार्फत् आको कोरोनाको रिपोर्ट भएको क्यूआर कोड अध्यागमनमा देखाउनुपर्ने हुन्छ।
त्यसका लागि आफूसँग भएको क्यूआर कोड अध्यागमनका अधिकारीले सुरक्षित तथा गोप्य तवरले हेर्ने र उक्त कोड र त्यसमा भएको विवरण सही भएको यूनिभर्सल भेरिफायरमार्फत् प्रमाणित गरेपछि उक्त देशमा जानका लागि सुरक्षित भएको पुष्टि हुन्छ र सुरक्षित हवाइ यात्रा गर्न सकिन्छ।
प्रकाशित: ३० असार २०७८, बुधबार