
काठमाडौं ।
एप्पलले आफ्ना आपूर्ति कर्तालाई यो वर्ष ९ करोड थान नेक्स्ट जेनेरेशन आईफोन उत्पादन गर्न आग्रह गरेको छ।
यो परिमाण सन् २०२० भर बिक्री भएको भन्दा निकै धेरै हो।
कम्पनीले अहिलेसम्म कुनै पनि नयाँ डिभाइस सार्वजनिक भएदेखि त्यस वर्षको अन्त्यसम्म ७ करोड ५० लाख थान सेट उत्पादन गरेर उपलब्ध गराउने कुरामा निरन्तरता दिँदै आएको छ।
यो वर्षको अपडेट गत वर्षको आईफोन १२ को तुलनामा निकै बढी फिचर सहित आउने बुझिएको छ। यसमा प्रोसेसर क्यामरा तथा डिस्प्लेमा पनि सुधार आउने अपेक्षा गरिएको छ।
प्रकाशित: ३० असार २०७८, बुधबार