इन्स्टाग्रामद्वारा एकाउन्ट ह्याक भएकाहरुका लागि सेक्युरिटी चेकअप फिचर सार्वजनिक

  • Technology Khabar | ३० असार २०७८, बुधबार

काठमाडौं ।

इन्स्टाग्रामले हालै आफ्नो एकाउन्ट एक पटक ह्याक भैसकेका यूजरहरुका लागि एउटा नयाँ सेक्युरिटी चेक फिचर सार्वजनिक गरेको छ।

यस अन्तर्गत यसअघि एक पटक एकाउन्टमा सुरक्षा समस्या भोगिसकेका यूजरले अब लग इन गर्दा सेक्युरिटी चेक अप शुरु गर्ने विकल्पसहितको मेसेज देख्नेछन्।

यो फिचर शुरु गरेपछि यूजरहरुले लग इन जानकारी रहेका अन्य एकाउन्ट, लग इन गतिविधिको समीक्षा तथा रिकोभरीका लागि आवश्यक सम्पर्क नम्बर अपडेट गर्नेजस्ता चरणहरु पूरा गर्नुपर्छ।

यसबाहेक इन्स्टाग्रामले हाल उपलब्ध फोन नम्बर तथा आधिकारिकता प्रमाणित गर्ने बाहेक अब ह्वाट्सएपमार्फत् टू फ्याक्टर अथेन्टिकेशन सपोर्ट पनि थप्ने योजना बनाएको छ।

हालै इन्स्टाग्रामको कार्यालयबाट भन्दै यूजरहरुलाई डाइरेक्ट मेसेजमार्फत् पासवर्ड शेयर गर्न लगाउने समस्या देखिएको इन्स्टाग्रामको भनाइ छ। कम्पनीले इमेल मात्र पठाउने र सही हो वा होइन भनेर त्यसलाई सेटिङमा गएर ‘इमेल्स फ्रम इन्स्टाग्राम’ लेभल चेक गर्न सकिन्छ।

केही समययता आफसेआफ पासवर्ड रिसेटका लागि इन्स्टाग्रामबाट अलर्ट आउन थालेपछि यो सुरक्षा कदम उठाइएको हो।

यी इमेल इन्स्टाग्राम बाटै बटको माध्यमबाट पठाइएका हुन्। यस्ता मेसेज धेरै आउँदा झिंजो लाग्ने भए पनि यसले यूजरको एकाउन्ट ह्याक भएको नबुझाउने कम्पनीको भनाइ छ।

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार