काठमाडौं ।
बजार अनुसन्धान संस्था यूबीआई रिसर्चका अनुसार यो वर्ष १२२ मोडलका ओएलईडी स्मार्टफोनहरु सार्वजनिक भएका छन्।
जम्मा १२२ मध्ये ९७.५ प्रतिशत अर्थात् ११९ मोडलहरु साइजका हिसाबले ६ इन्च रेन्जका रहेका उक्त संस्थाले खुलाएको छ।
यो आँकडा सन् २०१८ को भन्दा अलि बढी हो। त्यतिबेला ७८ प्रतिशत स्मार्टफोनहरुमा ६ इन्चका रहने गरेको यूबीआईको रिपोर्टमा उल्लेख छ।
२०२१ को पूर्वार्द्धमा असुस जेनफोन ८ एकमात्र ५ इन्च डिस्प्ले साइज भएको स्मार्टफोन थियो।
यसैगरी शाओमी एमआई मिक्स फोल्ड र ह्वावे मेट एक्स२ मा ८ इन्चको डिस्प्ले राखिएको थियो। यो अवधिमा आएका कुनै पनि ओएलईडी स्मार्टफोन साइजका हिसाबले ७ इन्च रेन्जका थिएनन्।
१२२ मध्ये १०३ ओटामा होल तथा १३ ओटामा नच डिस्प्ले राखिएका थिए भने बाँकी छ मोडलमा भने साघुरो बेजल दिइएको थियो।
रेजोल्युशनका हिसाबले हेर्दा ५२.५ प्रतिशत अर्थात् ६४ ओटा मोडलमा ४०० देखि ५०० पीपीआई, २८ ओटा मोडलमा ४०० भन्दा कम पीपीआई तथा १० ओटा मोडलम ५०० भन्दा बढी पीपीआई रेजोल्युशन दिइएको थियो। सोनीको एक्सपेरिया वन २ मा भने सबैभन्दा बढी अर्थात् ६४३ पीपीआई पिक्सेल डेन्सिटी उपलब्ध गराइएको थियो।
यसैगरी डिस्प्ले एरियाका हिसाबले ८४.४ प्रतिशत मोडलमा ८० देखि ९० प्रतिशत क्षेत्र फ्रन्ट फेसिङ रहेको थियो। ह्वावे मेट ४० प्रो फोरजीमा ९४.१ प्रतिशत थियो भने ९० प्रतिशत डिस्पले एरिया हुने लगभग १३.९ प्रतिशत मोडल थिए।
प्रकाशित: ३० असार २०७८, बुधबार