
काठमाडौं ।
डिसहोमले आफ्नो “खुशीको कनेक्सन” अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ।
डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ ।
यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको कम्पनीले उल्लेख गरेको छ ।
नौ वटा स–साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै क्यूएचडी पिक्चर क्वालिटी, पिपिभी, पिभिआर, एक्सभीओडी, डिशहोम गो एप र वेब विशेष सामग्रीहरु र ग्राहक सेवासँग लिंक गरिएका छन् ।
यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: २९ असार २०७८, मंगलवार