प्रधानमन्त्री देउवाको नाम र तस्वीर आधिकारीक वेबसाइटमा

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
प्रधानमन्त्री देउवाको नाम र तस्वीर आधिकारीक वेबसाइटमा

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको रुपमा आफ्नो आधिकारीक वेबसाइटमा शेरबहादुर देउवाको नाम र तस्वीर आधिकारिकरुपमा राखेको छ ।

तर मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता देउवाले अझै शपथ लिएका छैनन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा देउवालाई नियुक्त गरेकी थिईन् । तर देउवाले राष्ट्रपतिले गरेको नियुक्ती पत्रको बेहोरा नसच्चिएसम्म शपथ नलिने अडान राखेका कारण शपथ कार्यक्रम केही समय ढिला भएको छ।

अर्कोतर्फ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारीक वेवसाइटमा केपी शर्मा ओलीको नाम र तस्बिर हटाएर शेरबहादुर देउवाको नाम र तस्बिर राखि सकिएको छ।

जहाँ उनको बारेमा बिस्तृतमा व्यक्तिगत बिबरण समेत प्रकाशित गरिएको छ ।

*हेडलाइन सम्पादित

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...