सामसङद्वारा कारका लागि पहिलो इमेज सेन्सर निर्माण, टेस्लासँग ४३ करोड डलरको सम्झाैता

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
सामसङद्वारा कारका लागि पहिलो इमेज सेन्सर निर्माण, टेस्लासँग ४३ करोड डलरको सम्झाैता

काठमाडौं ।

सामसङले मंगलबार कारहरुका लागि आईएसओसेल अटो ४एसी नामक पहिलो इमेज सेन्सर सार्वजनिक गरेको छ।

यो सेन्सर विशेषगरी सराउन्ड भ्यू मनिटरलाई पावर दिन कारको पछाडिको क्यामरामा रुपमा प्रयोग गरिने बुझिएको छ।

यसमा फोटो भिडियोको गुणस्तर वा रेजोल्युशनमा भन्दा पनि डाइनामिक रेन्ज तथा एलईडी फ्लिकर घटाउनेजस्ता फोकससम्बन्धी कुराहरुमा बढी जोड गरिएको छ।

यी दुवै सामसङले भन्ने गरेको कर्नरपिक्सेलमा आधारित छन्।

यो प्रविधिमा एउटा पिक्सेलमा कम प्रकाश भएका बेलाका लागि ३.० माइक्रोमिटर तथा अर्को १.० माइक्रोमिटरको एउटा कुनापटि गरी दुई ओटा फोटोडायोडहरु राखिएका छन्।

यसैले पनि यिनीहरुलाई कर्नरपिक्सेल नाम दिइएको हुनुपर्छ। यो सेटअपले वरिपरिका प्रकाशमा आउने अकस्मात् परिवर्तनअनुसार सेन्सरलाई मिलाउन सहयोग गर्छन्।

यसबाहेक यो प्रविधिले थोरे मात्र मोशन ब्लरसहित उच्च डाइनामिक रेन्ज प्रदान गर्ने तथा एलईडी लाइटको फ्लिकर पनि घटाउने बताइएको छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...