विश्वभरमा आईकू स्मार्टफोनका प्रयोगकर्ता २ करोड ५० लाख पुगे

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
विश्वभरमा आईकू स्मार्टफोनका प्रयोगकर्ता २ करोड ५० लाख पुगे

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी भिभोको सहायक ब्रान्ड आईकूका यूजर विश्वभरमा २ करोड ५० लाख पुगेका छन्।

यसकै उपलक्ष्यमा सफलता मनाउन कम्पनीले भारतमा आगामी जुलाई १३ देखि १६ सम्म ‘आईकू क्वेस्ट डेज’ नामको इभेन्ट गर्ने भएको छ।

यस इभेन्ट अन्तर्गत उपभोक्ताहरुले अमेजनबाट आईकू७, ७ लेजन्ड तथा जेड३ खरिद गर्दा छुट प्राप्त गर्नेछन्।

यो योजनामा आफ्नो पुराना फोनसँग आईकू ७, ७ लेजन्ड तथा जेड३ साट्न चाहनेले भारु २ हजार अर्थात् २६ डलर छुट पाउनेछन्। यसबाहेक उनीहरुले अमेजनबाट उत्ति नै रकमको कुपन पनि प्राप्त गर्नेछन्।

आईकू७ को शुरुवाती मूल्य ३१, ९९० भारु अर्थात् ४३० डलर रहेको छ भने आईकू७ लेजन्डको बेस भेरियन्टको मूल्य ३९, ९९० भारु अर्थात् ५३५ डलर तोकिएको छ।

यसैगरी आईकू जेड३ भने यो सिरिजकै सुपथ मूल्य स्मार्टफोन रहेको छ। यसको शुरुवाती मूल्य १९, ९९० भारु अर्थात् २७० डलर आसपास रहेको छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...