छोटो भिडियो बनाउने प्लेटफर्म युट्युब शर्ट्स अब १०० देशहरुमा पुग्यो

  • Technology Khabar | २९ असार २०७८, मंगलवार

काठमाडौं ।

युट्युबले यसको यूट्यूब शर्ट्स सेवाको उपलब्धता थप २६ देशमा शुरु गरेसँगै अब १०० देशहरुमा विस्तार भएको छ । कम्पनीले २०२० मा भारतमा सीमित रिलीज गरेपछि र २०२१ को सुरुमा अमेरिकी बीटा भर्सन ल्याएको थियो।

यद्यपि छोटो भिडियोहरू पहिले नै प्लेटफर्ममा देख्न सकिने थियो । प्रयोगकर्ताहरूले पहिलो पटक शर्ट्स सृजनात्मक उपकरणहरूको लागि पहुँच गर्न सक्षम हुनेछन्, जसमा संयुक्तरुपमा मल्टि भिडियो क्लिपहरू र संगीतको साथ रेकर्ड गर्ने क्षमताका साथ मल्टि म्यूजिक सेगमेन्ट क्यामरा रहेको छ ।

टिकटकमा जस्तै ‘युट्युब सर्टस्’मा पनि युट्युब भिडियोको अडियो प्रयोग गरेर रिमिक्स बनाउन मिल्ने फिचर छ। यसमा ६० सेकेन्ड लामो भिडियो बनाउन मिल्छ।

युट्युबले ‘युट्युब शर्टस्’को लागि सय मिलियन अमेरिकी कोष छुट्टाएको छ। यो कोष अन्तर्गत ‘युट्युब शर्ट्स ’मा भिडियो बनाउनेले सन् २०२२ सम्म इन्गेजमेन्ट र भ्युजको आधारमा मासिक पैसा कमाउन सक्नेछन्। एजेन्सी

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार