
काठमाडौं ।
सुपर मारियो ६४ गेमको सिल गरिएको कपी एउटा अक्शनमा कीर्तिमानी १५ लाख डलरमा बिक्री भएको छ।
सन् १९९६ मा कार्ट्रिजमा लन्च गरिएको निन्टेन्डो कन्सोलको लन्च टाइटल थियो भनर् थ्रीडी प्लेटफर्म आउनुअघि निकै नै चर्चित रहेको थियो।
अक्शन आयोजक संस्थाले उक्त गेमको यति राम्रो अवस्थाको ५ कपीभन्दा बढी गेम नभएको बताएका छन्। यो गेमको लिलाम रकमले लेजन्ड अफ जेल्डाको कार्ट्रिजको दुई दिनअघिको यसअघिको कीर्तिमानधारी बिक्रीलाई खुम्च्याइदिएको छ।
माैलिक निन्टेन्डो इन्टरटेन्मेन्ट सिस्टम कार्ट्रिज गत शुक्रबार ८ लाख ७० हजार डलरमा बिक्री हुँदै विश्वकै सबैभन्दा महँगो गेमको कीर्तिमान राख्न सफल भएको थियो।
सुपर मारियो ६४ कार्ट्रिजलाई भिडियो गेम संकलन फर्म वटाले ९.८ ए++ रेटिङमा मापन गरेको थियो। यसको मतलब यो गेम लगभग सम्पूर्ण रुपमा सही अवस्थामा छ र यसको सिल पनि नयाँमा जस्तै गरी लगाइएको छ भन्ने बुझिन्छ।
उच्च रेटिङले मात्र अक्शनमा उच्च मूल्यको ग्यारेन्टी गर्दैन। सुपर मारियो ६४ कै अर्को ९.६ ए++ रेटिङ भएको कपी १३ हजार २०० डलरमा बिक्री भयो।
सुपर मारियो ६४ निन्टेन्डो सिस्टममा सबैभन्दा बिक्री भएको र भिडियो गेमको इतिहासमै धेरै चर्चित गेम थियो। यसले मारियोलाई पहिलोपटक थ्रीडीमा लैजान मद्दत गर्यो।
थुप्रै आधुनिक गेमरहरुले यसमा क्यामराको समस्या रहेको बताए पनि भिडियो गेमको क्षेत्रमा यसलाई उत्कृष्ट भिडियो गेमको रुपमा लिइन्छ। यो गेमको मूल्य यति पाएकोमा यसको अक्शन गर्ने कम्पनी हेरिटेज अक्शन्स पनि आश्चर्यमा परेको थियो। बीबीसी
प्रकाशित: २८ असार २०७८, सोमबार