भारतमा सेल्फी खिच्दै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु, थुप्रै घाइते

  • Technology Khabar | २८ असार २०७८, सोमबार
भारतमा सेल्फी खिच्दै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु, थुप्रै घाइते
सांकेतिक

काठमाडौं ।

उत्तरी भारतको जयनगरमा आइतबार सेल्फी खिच्दै गरेका ११ जनाको चट्याङ लागेर मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।

पानी परिरहेको बेला जयनगरमा रहेको १२ ‍औं शताब्दीको अमर फोर्ट नामक अग्लो घण्टाघरमाथि चढेर सेल्फि खिचिरहेका बेला चट्याङ परेपछि ११ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

शहरकै प्रसिद्ध पर्यटकीय स्थल भएकाले यहाँ प्राय मानिसहरुको भिडभाड रहने गर्दछ।

उक्त घटना हुँदा टावरमा २७ जना रहेको र एक्कासी चट्याङ परेपछि केही व्यक्ति टावरबाट हाम्फालेको पनि बताइएको छ।

भारतमा बर्सेनि औसत २ हजार जना चट्याङबाट मर्ने गर्छन्। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार उक्त घटनामा ज्यान गुमाउने अधिकांश युवा उमेरका रहेका छन्।

प्रकाशित: २८ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...