काठमाडौं ।
चीनको एन्टिस्ट ट्रस्ट नियामकले टेन्सेन्ट होल्डिंग्स लिमिटेडको संगीत लेबललाई विशेष अधिकार छोड्न आदेश दिईरहेको छ । यस विषयमा प्रत्यक्ष ज्ञान भएका दुई व्यक्तिलाई उदृत गर्दै सोमबार रोयटर्सले जनाएको छ।
दण्डका साथै दुई एपको अधिग्रहणलाई गलत अर्थमा जानकारी दिएको भन्दै चिनियाँ प्रमुख संगीत स्ट्रिमिङ्ग टेन्सेन्ट म्युजिक इन्टरटेनमेन्ट ग्रुपलाई ५ लाख चिनियाँ यूआन जरिवाना राज्य प्रशासन मार्केट रेगुलेसन (SAMR) ले गरेको अनुसन्धानको निष्कर्ष हो।
अप्रिलमा, नियामकले टेन्सेन्ट होल्डिंग्सलाई देशको इन्टरनेट जायन्ट्सहरुमाथि व्यापक प्रतिस्पर्धा विरोधी हिस्साकोरूपमा कारबाही गर्ने तयारी गरिरहेको रिपोर्ट गरिएको थियो ।
टेनसेन्ट म्यूजिकले सन् २०१६ मा अधिग्रहण गरेको कुग्यो र कुओ एपमाथि प्रतिस्पर्धा विरोधी आरोप लागेको हो ।
प्रकाशित: २८ असार २०७८, सोमबार