काठमाडौं ।
फक्सकन तथा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले ताइवानका तर्फबाट कोभिड-१९ खोप किन्नका लागि सम्झोता गरेको आइतबार पुष्टि गरेका छन्।
ताइवान स्टक एक्सचेन्जलाई दिएको एक विज्ञप्तिमा टीएसएमसीले फाइजरद्वारा निर्मित ५० लाख डोज कोभिड-१९ खोप किनेर ताइवान रोग नियन्त्रण केन्द्रलाई हस्तान्तरण गरेको उल्लेख गरेको छ।
‘टीएसएमसी कोभिड-१९ को महामारीसँग लड्न ५० लाख डोज बीएनटी१६२बी२ खोप प्रदान गर्दछ’, उक्त विज्ञप्तिमा लेखिएको छ।
यो खोप भोतिक जोखिम कम गरेर लोक कल्याणका लागि आकस्मिक रुपमा उपलब्ध गराइएको हो।
यसैबीच फक्सकनका अध्यक्ष तथा संस्थापक टेरी गोउले फेसबुकमार्फत् आफ्नो कम्पनीले ताइवानका लागि कोभिड-१९ विरुद्धको खोप किन्न आवश्यक सम्झोतामा हस्ताक्षर गरेको बताएका छन्।
उक्त कुरा पुष्टि गर्ने क्रममा गोउले आफूहरुले ताइवानका लागि कोरोनाविरुद्धको खोप किन्दा चीनले कुनै हस्तक्षेप वाव मार्गनिर्देश नगरेको पनि बताएका छन्।
उनले खोपका लागि कुन साझेदारसँग सम्झोता गरेको भन्ने चाहिँ खुलाएनन्।
गत महिना ताइवान सरकारले आफ्ना तर्फबाट प्रविधि कम्पनी फक्सकन तथा टीएसएमसीलाई कोभिड-१९ विरुद्धको खोप किन्नका लागि भर्ना गरेको रिपोर्ट आएको थियो। त्यतिबेला दुवै कम्पनीले आफूहरुले जनही ५०-५० लाख डोज खोप किन्न लागेको बताएका थिए।
फक्सकन र टीएसएमसीलाई जिम्मेवारी दिनु अघि ताइवानले भूराजनीतिक अवस्थाका कारण खोपको व्यवस्थापन गर्न सकिरहेको थिएन। राष्ट्रपति साइ इङ-वेनले आफूहरुको बायोएनटेकबाट खोप किन्ने त्यतिबेला चीनले हस्तक्षेप गरेको बताएकी थिइन्।
अहिलेसम्म ताइवानका लागि जापानले १२ लाख ४० हजार तथा अमेरिकाले ३२ लाख ५० हजार डोज खोप अनुदान दिइसकेका छन्।
प्रकाशित: २८ असार २०७८, सोमबार