काठमाडौं ।
माइक्रोब्लगिङ साइट ट्विटरले भारतमा एक जना आवासीय गुनासो सुन्ने अधिकारी नियुक्त गरेको छ।
कम्पनीले दक्षिण एसियाली राष्ट्रमा यूजरले पोस्ट गरेको सामग्रीको कानुनी जिम्मेवारी नलिने भन्ने विषयमा स्थानीय सूचना प्रविधि नीतिको विरुद्धमा भएको अन्तिम फैसला आएको केही दिनमा यो निर्णय गरेको हो।
आइतबार ट्विटरले विनय प्रकाशलाई आफ्नो नयाँ आवासीय गुनासो सुन्ने अधिकारीका रुपमा चिनाउँदै भारतको सूचना प्रविधि कानुन अनुसार आवश्यक परेको समयमा उनलाई सम्पर्क गर्ने ठेगाना र तरिका उपलब्ध गराएको थियो।
कम्पनीले नयाँ नीतिको प्रावधान अनुरुप कम्प्लायन्स रिपोर्ट पनि प्रकाशित गरेको छ।
यसै हप्ताको शुरुवातमा भारत सरकारले स्थानीय अदालतलाई ट्विटरले अनुपालन तथा गुनासो सुन्ने अधकारी तथा समस्या समाधानका लागि सम्पर्क व्यक्ति नियुक्त गर्न नसकेका हिसाबले यूजरले बनाएका सामग्रीको दायित्य सुरक्षणसम्बन्धी मुद्दा हारेको बताएको थियो।
फेसबुक गुगल तथा टेलिग्रामजस्ता अन्य इन्टरनेट जायन्टले भने यसअघि नै भारतामा आफ्ना स्थानीय अनुपालन अधिकारी नियुक्त गरिसकेका छन्।
ट्विटरमा कसैले कसैलाई गालीगलोज गरेमा उक्त पोस्ट हटाउन आग्रह गरिने र पीडितको उजुरीमा अदालतको आदेश भएमा हटाउने पर्ने तर यसको कानुनी दायित्व भने कम्पनीको हुनेछैन।
प्रकाशित: २७ असार २०७८, आईतवार