सामसङको एक्जिनोस २२०० ले प्रदर्शनमा स्न्यापड्रागन ८९५ लाई उछिन्ने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
सामसङको एक्जिनोस २२०० ले प्रदर्शनमा स्न्यापड्रागन ८९५ लाई उछिन्ने

काठमाडौं ।

सामसङको एक्जिनोस २२०० ले हालै ३डीमार्कको वाइल्ड लाइफ परीक्षणमा प्रभावकारी ८१३४ प्वाइन्ट प्राप्त गरेको छ।

यो प्रदर्शनले स्न्यापड्रागन ८८८ भन्दा पछि २०२२ मा आएको र अझ शक्तिशाली क्वालकमको स्न्यापड्रागन ८९५ चिपसेटको उछिनेको पनि जनाएको छ।

ट्विटरमा @TheGalox नामक एक यूजरले हालै एक्जिनोस २२०० आफ्नो प्रतिस्पर्धी स्न्यापड्रागनको तुलनामा गणितीय तथा ग्राफिक्सको प्रदर्शन क्षमताका हिसाबले शक्तिशाली हुने सामसङद्वारा निर्मित पहिलो चिपसेट हुने दावी गरेका छन्।

वास्तवमा एक्जिनोस २२०० ले जीपीयू केन्द्रित कामहरुको प्रदर्शनमा एप्पलको ए१५ बायोनिकलाई पनि उछिन्ने अपेक्षा गरिएको छ। तर तुलना गर्दा यसमा एप्पलको ए१५ बायोनिक नै शक्तिशाली प्रमाणित भइसकेकव छ।

एक्जिनोस २२०० र स्न्यापड्रागन ८९५को प्रदर्शन क्षमताका बारेमा कुनै आधिकारिक प्रमाण वा तथ्याङक नभए पनि यो लिकस्टरले यसअघि बाहिर ल्याएका तथ्य आधिकारिक रुपमा पुष्ट हुने गरेका आधारमा यसलाई तत्कालका लागि मान्न सकिन्

छ। तर वास्तविक तुलना भने यिनिहरु सार्वजनिक भइसकेपछि मात्र गर्न सकिनेछ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...