भर्जिन ग्यालेक्टिक स्पेसक्राफ्टमार्फत अर्बपति रिचर्ड ब्रान्सन आइतवार अन्तरिक्षमा जाँदै

  • Technology Khabar | २७ असार २०७८, आईतवार
भर्जिन ग्यालेक्टिक स्पेसक्राफ्टमार्फत अर्बपति रिचर्ड ब्रान्सन आइतवार अन्तरिक्षमा जाँदै

काठमाडौं ।

भर्जिन ग्यालेक्टिकले आफ्नो अर्बपति संस्थापक रिचर्ड ब्रान्सन र अन्य ५ जनाको टोलीलाई आज आईतवार अन्तरिक्षमा पठाउन लागेको छ।

भर्जिन ग्यालेक्टिकको भीएसएस युनिटी स्पेसशिप टू भेहिकल स्पेसपोर्ट अमेरिकाको न्यू मेक्सिकोबाट उड्नेछ ।

अब, धेरैले सोधेको प्रश्न यो हो कि उनीहरू यो सबै प्रत्यक्ष कहाँ हेर्न सक्दछन्।

यसको ट्वीटर ह्यान्डलमा, भर्जिन ग्यालाटिकले भनेअनुसार प्रत्यक्ष प्रसारण बिहान ६ बजे अमेरिकी स्थानिय समयअनुसार हुनेछ।

नेपाली दर्शकहरूले सो प्रक्षेपण कार्यक्रमको प्रत्यक्ष प्रशारण बेलुका ८ः१५* बजे हेर्नसक्नेछन् । भर्जिन ग्यालेक्टिकले यसको वेबसाइटका साथै यसको यूट्यूब च्यानलमा प्रसारण गर्ने जानकारी दिएको छ ।

“स्पेसपोर्ट अमेरिका माथिको आकाश तयार छ। चाँडै नै हाम्रो युनिटी २२ मिसन विशेषज्ञहरू न्यू मेक्सिकोभन्दा माथि उडेर पृथ्वीलाई पूरै नयाँ, दर्शनीय दृष्टिकोणबाट हेर्नेछन्,” भर्जिन ग्यालेक्टिकले ट्वीटमा भनेकोछ।

ब्रान्सन आफू ७१ वर्ष पुग्नुभन्दा केहि साता अघि मात्र अन्तरिक्षमा उडानमा जाँदैछन्। एक क्यारियर विमान, भीएमएस आई, पहिलो रनवेबाट उडान हुनेछ र लगभग ५०,००० फिटको उचाइमा पुगेपछि भीएसएस यूनिटीलाई छोड्नेछ।

यस स्थानमा, भीएसएस युनिटीका दुई पाइलटहरू – डेव म्याके र माइकल मासुचीले आफ्नो रकेट ईन्जिन प्रज्वलित गर्नेछन्, जसले यो क्राफ्टलाई माच ३ को गतिमा ५० माईल (८० किलोमिटर) उचाई माथि पठाउनेछ, जुन अमेरिकाले अन्तरिक्षको सीमा मानेको छ। त्यसपछि जहाज अन्तमा मूल रनवेमा फर्कन्छ।

सो अन्तरिक्ष यात्रापछि ब्रान्सनले थप मानिसहरुलाई अन्तरिक्षमा लानका  लागि केहि उत्साहपूर्ण घोषणा गर्ने बताएका छन् ।

आजको यो मिशन करिब ९० मिनेटको हुनेछ र यसमा अन्तरिक्षमा ४ मिनेट तौलबिहिन अवस्था हुने बताईएको छ ।

अर्कोतर्फ अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेका जेफ बेजोस पनि जुलाई २० मा आफ्नो ब्लू ओरिजिनमार्फत अन्तरिक्षमा उडान भर्ने तयारीमा रहेका छन् । एजेन्सी

*सच्याईएको ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार