सञ्चार माध्यमलाई सञ्चार सामग्री अनुदानमा प्रदान

  • Technology Khabar | २७ असार २०७८, आईतवार
सञ्चार माध्यमलाई सञ्चार सामग्री अनुदानमा प्रदान
सांकेतिक तस्बिर

काठमाडौं ।

लमजुङको बेँसीसहर नगरपालिकाले नगर पालिकाभित्र रहेका सञ्चारमाध्यमलाई अनुदानमा सञ्चारसामग्री उपलब्ध गराएको छ । नगरपालिकाले ६० प्रतिशत अनुदानमा सामग्री दिएको हो ।

नगर पालिकाले ६०/४० को सहलगानीमा सञ्चार माध्यमलाई ल्यापटप उपलब्ध गराएको नगर पालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

उनका अनुसार नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनका लागि छ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट ६० प्रतिशत नगरपालिकाको र ४० प्रतिशत सम्बन्धित सञ्चारगृहले बेहोर्ने गरी प्रस्ताव आह्वान गरिएकोमा नगरपालिकाले तोकेको मापदण्डभित्र आवेदन दिने सञ्चारमाध्यमलाई नगर प्रमुख गुमानसिंह अर्यालले ल्यापटप हस्तान्तरण गरेका हुन् ।

स्थानीय सञ्चार माध्यमको विकासका लागि नगरपालिका सहयोग गर्न सधैंँ तयार रहेको बताए। नगर प्रमुख अर्यालले सञ्चार माध्यमले नगर पालिकाको गतिविधि बाहिरल्याई आमनागरिकलाई सुसूचित गर्न महत्वपूर्ण सहयोग पुर्याएको बताए । गोरखापत्र

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार