न्यूरोसाइन्टिस्ट भन्छन्- स्टिभ जब्स आफ्नो समयभन्दा दशकाैं अगाडि थिए

  • Technology Khabar | २७ असार २०७८, आईतवार

काठमाडौं ।

केही दशक अघिसम्म व्यवसायमा ‘लोभ गर्नु सही हो’ भन्ने मूलमन्त्र प्रचलित थियो। जीवन पैसा माया तथा ज्ञानका लागि लोभ वा आकांक्षाले मानव जातिको विकासलाई अगाडि बढाउन मद्दत गरिरहेको आम बुझाई थियो।

तर वास्तवमा यो जीवन दर्शनभन्दा पनि व्यवस्थापनको सिद्धान्त थियो।

यसले कुनै व्यवसायका कार्यकारीहरुलाई आफ्ना लागि नभइ मानव जातिको कल्याणका लागि आफ्ना इच्छा आकांक्षा तथा वैभवमा बढोत्तरी गर्नुपर्छ भन्ने मान्यता राख्दथ्यो।

लोभ सही हो भन्ने सिद्धान्त व्यवस्थापन कम्पनी, कर्मचारी तथा समाजको रक्षा मूल उद्देश्य हुनुपर्छ भन्ने मान्यता राख्ने यसअघिको ‘राम्रो व्यवस्थापन’ को सिद्धान्तपछि आएको हो।

तर एप्पलका संस्थापक तथा पूर्व सीईओ स्टिभ जब्स योभन्दा भिन्न विचार राख्दथे। उनका अनुसार मानवजातिको उद्विकासमा उसको लोभ नभइ सावधानीले महत्वपूर्ण भूमिका खेलेको थियो। जब्सका जीवनी लेखक वाल्टर आइज्याक्सनले स्टिभको परिभावालाई यसरी उद्धृत गरेका छन्:

यदि तपाईँले बसेर अवलोकन गर्नुभयो भने तपाईले आफ्नो दिमाग निकै बेचैन रहेको अनुभव गर्नुहुन्छ। त्यतिबेला यसलाई शान्त बनाउन खोज्नुभयो भने यो अझ बढी अशान्त हुन्छ। तर यो बिस्तारै शान्त हुँदै आउँछ र त्यतिबेला थुप्रै सूक्ष्म कुराहरु सुन्न सकिन्छ।

यतिबेला तपाईँको अन्तस्करण फक्रन ‍थाल्छ भने तपाईँले कुराहरु अझ स्पष्ट रुपमा देख्न थाल्नुहुन्छ साथै स्पष्ट रुपमा वर्तमानमा नै रहन थाल्नुहुन्छ।

तपाईँको दिमागको गति मन्द हुन पुग्छ भने तपाईँले क्षणहरुमा प्रचूर मात्रामा फैलावट पाउनुहुन्छ। तपाईँले पहिले देख्नेभन्दा थुप्रै धेरै कुराहरु देख्नुहुन्छ।

‘लोभ राम्रो हो’ भन्ने मान्यता चर्चित रहेको समयको बीचतिर जब्स भने लोभको ठिक विपरित सावधानीलाई अँगालेर हिँडेका थिए। सावधानीले आन्तरिक/आध्यात्मिक तथा लोभले बाह्य/भाैतिक कुरालाई जनाउँछ।

अहिले जब्सको मृत्यु भएको ८ वर्षपछि र उनले अध्यात्मलाई आत्मसात् गरेको ३० वर्षपछि न्यूरोसाइन्टिस्टहरुले उनको अन्तस्करण सही भएको निष्कर्ष निकालेका छन्।

दिमागको स्क्यानबाट हालै सावधानीका लागि गरिने ध्यानले मानिसलाई अझ बढी प्रभावकारी र सिर्जनशील व्यवस्थापक बनाउने तथ्य पत्ता लागेको छ।

हालै ब्रिटिश जर्नल अफ न्यूराइन्स नर्सिङ मा प्रकाशित एक लेख ‘द न्यूरोसाइन्स अफ मेडसटेशन’ अर्थात् ध्यानको तन्त्रविज्ञानका अनुसार:

सावधानीको अभ्यासबाट यसमा आउने तन्त्रविज्ञानी परिवर्तनले एकाग्रता बढाउन मद्दत गर्छ जसबाट दिमागमा रहेको एकाग्रतासँग सम्बन्धित क्षेत्रको गतिविधि र संरचनामा परिवर्तन आएको पाइएको छ।

संवेग सञ्चालन तथा तनाव कम गर्नमा सुधार ल्याउने प्रक्रियामा सम्बद्ध अवयवले सावधानीपूर्ण ध्यान साधनामार्फत् यो प्रक्रियामा सहभागी भएको संरचना देखाएको छ।

अर्को शब्दमा भन्नुपर्दा सावधानीपूर्ण ध्यानले एउटा व्यवस्थापकलाई लामो समयसम्म ध्यान एकाग्र पार्न, दबाबका बेला पनि शान्त रहन तथा कामसँग सम्बन्धित तनाव राम्ररी व्यवस्थापन गर्न अझ सक्षम बनाउँछ।

यूनिभर्सिटी अफ आमस्टर्डाममा अनुसन्धान गरेर पर्सनल एन्ड सोसियल साइकोलोजी बुलेटिनमा प्रकाशित प्रतिवेदन अनुसार सावधानीले सिर्जनशीलता पनि बढाउने भन्दै उल्लेख गरिएको छ:

सिर्जनशीलतासँग सम्बन्धित सावधानीको प्रभाव अध्ययन गर्न सञ्चालित अध्ययनहरुले समरुप तथा सकारात्मक सम्बन्ध रहेको देखाएका छन्।

जब्सको अन्तस्करण र हालै न्यूरोसाइन्टिस्टले निकालेको निष्कर्षले न‍‍ेतृत्वकर्ता वा व्यवस्थापकलाई डोर्याउने तत्व ‘लोभ’  होइन भन्ने प्रमाणित गरेको छ।

बरु उनीहरुमा रहेको आफैंभित्र प्रोत्साहन खोज्ने तथा तिनीहरुलाई अरुहरुमक्ष पनि सञ्चार गर्ने खुबीले नै उनीहरुलाई उत्कृष्ट नेतृत्वकर्ता वा व्यवस्थापक बन्नतिर डोर्याउने गर्दछ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार