
काठमाडौं ।
इलन मस्कको कम्पनी टेस्लाले चिर प्रतिक्षित ‘फुल सेल्फ ड्राइभिङ’ फिचरको बिटा भर्सन ९ को ओटीए अपडेट आफ्ना यूजरहरुलाई उपलब्ध गराउन शुरु गरेको छ।
यसलाई कम्पनीले ‘पूर्ण स्वायत्त नभै अत्याधुनिक ड्राइभर सहयोगी प्रणाली’ भएको भनेर परिभाषित गरेको छ।
कम्पनीका सीईओ मस्कले वाचा गरे अनुसार २०२१.४.१८.१२ भर्सनको उक्त सफ्टवयर अपडेट शुक्रबार मध्यरातबाट शुरु हुनेछ।
यसबाट फुल सेल्फ ड्राइभिङ अप्शनका गाडी किनेका हजाराैं टेस्ला मालिकहरुले स्थानीय तथा गैर राजमार्गका बाटोमा समेत अटो पाइलटकन अत्याधुनिक ड्राइभर-असिस्ट फिचरमध्ये धेरैमा पहुँच उपलब्ध गराउनेछ।
मस्कले यो सफ्टवयरको भर्सन ९ उपलब्ध गराउने भनी केही समययता भन्दै आएका थिए। उनले सन् २०१८ मा फुल सेल्फ ड्राइभिङको चिर प्रतिक्षित भर्सन त्यसै वर्षको अगस्टमा उपलब्ध हुने बताएका थिए।
त्यसपछि उनले २०१९ फेरि अर्को वर्ष उक्त सफ्टवयर आउने र यसमार्फत् १० लाखभन्दा बढी कारमा फुल सेल्फ ड्राइभिङका फितचर उपलब्ध हुने बताएका थिए।
Running preproduction software is both work & fun. Beta list was in stasis, as we had many known issues to fix.
Beta 9 addresses most known issues, but there will be unknown issues, so please be paranoid.
Safety is always top priority at Tesla.
— Elon Musk (@elonmusk) July 9, 2021
यसै महिनाको शुरुवातमा मस्कले फुल सेल्फ ड्राइभिङको बिटा भर्सन छिट्टै उपलब्ध हुने प्रतिबद्धता जाहेर गरेका थिए।
प्रकाशित: २७ असार २०७८, आईतवार