ब्याटलग्राउन्ड्स मोबाइल इंडियाको डाउनलोड सात दिनमा १ करोड नाध्यो, बनायो नयाँ रेकर्ड

  • Technology Khabar | २६ असार २०७८, शनिबार
ब्याटलग्राउन्ड्स मोबाइल इंडियाको डाउनलोड सात दिनमा १ करोड नाध्यो, बनायो नयाँ रेकर्ड

काठमाडौं ।

छिमेकी देश भारतमा ब्याटलग्राउन्ड्स मोबाइल इंडियाको लोकप्रियता धेरै छिटो बढिरहेको छ। यसले डाउनलोडको मामलामा पनि नयाँ रेकर्ड बनाउँदै गएको छ ।

सो मोबाइल गेभ भारतमा २ जुलाईमा आधिकारिक रूपमा सुरू भएको थियो र एक हप्तामा नै पब्जी (PUBG) मोबाइलको यो भारतीय संस्करणले डाउनलोड गर्ने सबै रेकर्डहरू तोड्यो।

यो गेम सात दिनमा एक करोड भन्दा धेरै पटक डाउनलोड गरिएको तथ्यांक भारतिय मिडियाहरुले सार्वजनिक गरेका छन्। यस खेलले गुगल प्ले स्टोरमा निकै चर्चा कमाएको छ।

यसअघि यसको लन्चिङ्गको २४ घण्टामा, पब्जी अर्थात् ब्याटलग्राउन्ड्स मोबाइल इंडियाले फ्रि फायरलाई पछाडि पारेको थियो । यसले गुगल प्ले स्टोरमा सर्वाधिक कमाई गर्ने खेलको रेकर्ड राखेको थियो ।

प्रकाशित: २६ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार