काठमाडौं ।
फिनिश दूरसञ्चार कम्पनी नोकिया पेटन्ट उल्लंघनको सन्दर्भमा चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी ओपोको बिरुद्द अदालतमा गएको छ।
नोकियाले भारत, फ्रान्स, जर्मनी, र बेलायतलगायतका धेरै एसियाली र युरोपियन देशहरूमा आफ्ना मानक-आवश्यक पेटेन्टहरू (एसईपी) र गैर- एसईपीहरूको गुनासो पेश गरेको छ।
एफओएसएस पेटेन्ट्सको दाबीअनुसार कम्पनीले जर्मनीमा २४ वटा उजुरी गरेको छ जसमा म्यानहाइमका एघार, म्युनिकमा सात र डुसेल्डोर्फ क्षेत्रीय अदालतमा ६ वटा उजुरी छन्।
नोकिया र ओपोले सन् २०१८ मा बहु-बर्ष अवधिको लागि प्याटेन्ट इजाजतपत्र सम्झौतामा हस्ताक्षर गरेका थिए। दुबै पक्षहरूले त्यस बेला सम्झौताका सर्तहरू खुलासा गरेका थिएनन्, तर गीगचाइना डट आईटीले, युरोपियन पेटेन्ट अफिस लाई ट्याग गर्दै, ओपोले नोकियालाई ३ यूरो प्रति मोबाइल नोकियाको पेटन्ट प्रयोग गर्ने स्मार्टफोनको उत्पादन र मार्केटिंगका लागि तिर्न बाध्य हुने उल्लेख गरेको छ।
इजाजतपत्र सम्झौता यस बर्ष समाप्त हुनसक्ने अनुमान गरिएको छ।
“हामी ओपोसँग हाम्रो पेटेन्ट इजाजतपत्र सम्झौताको नवीकरणको लागि कुराकानी गरिरहेका छौं तर दुर्भाग्यवस, उनीहरूले हाम्रो उचित प्रस्तावहरू अस्वीकार गरेका छन्। अभियोग जहिले पनि हाम्रो अन्तिम उपाय हो, र हामीले यस मामलाको सुखपूर्वक समाधान गर्न स्वतन्त्र र तटस्थ मध्यस्थतामा जान प्रस्ताव गरेका छौं। हामी अझै पनी विश्वास गर्दछौं कि यो सबैभन्दा रचनात्मक बाटो हुनेछ। ” नोकियाले विज्ञप्तीमा भनेको छ।
अर्कोतर्फ, विपक्षी ओपोले नोकियाको यस कार्यलाई “स्तब्ध पार्ने” बताएको छ । उनीहरूलाई निष्पक्ष, उचित र गैर-भेदभाव (FRAND) सर्त अन्तर्गत प्याटेन्ट इजाजतपत्र बेइमान गरेको ओपोले आरोप लगायो।
नोकियाले २जी, ३जी, ४जी, ५जी, डब्ल्यू ल्यान (WLAN), र मल्टि-मिडिया टेक्नोलोजीहरूको लागि एसईपी र गैर एसईपीहरू राख्छ जुन लगभग २०० लाइसेन्सलाई अनुमति दिन्छ।
प्रकाशित: २६ असार २०७८, शनिबार