काठमाडौं ।
एटीएन्डटी, एनभिडिया, सामसङ अमेरिका, क्वालकम तथा इन्टरडिजिटलले अमेरिकामा ६जी अध्ययन परियोजनामा चासो देखाएका छन्।
विश्वमा फाइभजी पछिको वायरलेस प्रविधिमा छलाङ मार्ने विषयमा रस्साकस्सी चलिरहेको बेला यी चर्चित कम्पनीहरु सिक्सजी प्रविधिको अनुसन्धानप्रति आकर्षित भएका हुन्।
यूनिभर्सिटी अफ टेक्ससमा रहेको अनुसन्धान केन्द्रलाई ६जीईयूटी नाम दिइने र यसमार्फत नयाँ प्रविधिका लागि जग हाल्ने काम हुने विश्वास गरिएको छ।
यसमा हातेमालो गर्न लागेका प्रत्येक कम्पनीले कम्तीमा दुई ओटा निश्चित तीन-वर्षे परियोजनालाई प्रायोजन गर्ने तथा अत्याधुनिक प्रविधिको विकासका लागि शैक्षिक विज्ञहरुसँग काम गर्नेछन्।
यी नयाँ प्रविधिमा नयाँ सेन्सिङ मेथड, वायरलेस-विशेष मेशिन लर्निङ अल्गोरिदम तथा नेटवर्क इनोभेशन आदि रहेका छन्।
यूनिभर्सिटी अफ टेक्सस वायरलेस नेवर्किङ एन्ड कम्युनिकेशन ग्रुपले परियोजनाको घोषणा गर्दै ‘वायरलेस इनभेशनमा आफ्नो नेतृत्वलाई अझै मजबुत बनाउन’ यो परियोजना अगाडि ल्याइएको बताएको छ।
यसमार्फत् स्वचालित कार, उड्ने ट्याक्सी तथा क्षितिजमा होलोग्राफिक कन्फ्रेन्सिङ आदि पर्ने पनि उसले उल्लेख गरेको छ।
यसबाहेक यूनिभर्सिटीले अध्ययनका केही भागमा टेराहर्ज ब्यान्डको प्रयोग पनि समेटिने र यसले मोबाइल क्यारियरहरुलाई कार्यालयका टावरदेखि व्यस्त शहरी भाग तथा दुर्गम क्षेत्रमा रहेका आफ्ना विभिन्न ठाउँमा रहेका नेटवर्कको गुणस्तर अनुगमन गर्न सघाउने अपेक्षा गरेको छ।
नेक्स्ट जेनेरेशन नेटवर्कहरु राडार, भिजन, अडियो, थर्मल, सिस्मिक तथा ब्रोडब्यान्ड सफ्टवयरमा आधारित रेडियो सेन्सरहरुले युक्त हुनेछन् जसले नेटवर्कमा चलिरहेका एप्लिकेशन तथा डिभाइसहरुप्रतिको पारिस्थितिक अवस्थाको अहिलेसम्म थाहा नपाइएका जानकारी प्रदान गर्ने यूनिभर्सिटीले जनाएको छ।
यो परियोजना ६जी को होडबाजीमा नयाँ प्रविधिको विकास, प्रयोगजन्य घटनाहरुको विकासको शुरुवात तथा अत्याधुनिक वायरलेस प्रविधिलाई आकार दिने कुराको नेतृत्वमा रहने प्रतिस्पर्धाका लागि मुख्य कर्पोरेशनहरु, सरकार तथा अनुसन्धान संस्थाको एकताबद्ध कदम हो।
यो क्षेत्रमा भएको उल्लेख्य कदममा द नेक्स्ट जी एलायन्समा अमेरिकाको साझेदारी, यूरोपियन यूनियनमा अपरेटर-सपोर्टेड राइज-६जी रिसर्च प्रोजेक्ट सञ्चालन तथा चीनमा सरकारद्वारा समर्थित थुप्रै प्राविधिक अनुसन्धान तथा विकासका कार्यक्रमहरु रहेका छन्।
प्रकाशित: २५ असार २०७८, शुक्रबार