ज्याक डोर्सिको कम्पनी ‘स्क्वायर’ले बिटक्वाइनका लागि हार्डवयर वालेट बनाउने

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार
ज्याक डोर्सिको कम्पनी ‘स्क्वायर’ले बिटक्वाइनका लागि हार्डवयर वालेट बनाउने

काठमाडौं ।

ज्याक डोर्सिको कम्पनी स्क्वायरले बिटक्वाइनका लागि हार्डवयर वालेट बनाउने भाएको छ। कम्पनीका हार्डवयर प्रमुख जेस्से डोरोगस्करले बिहीबार यस्तो आधिकारिक घोषणा गरेका हुन्।

ट्विटरका समेत सीईओ रहेका कम्पनीका सीईओ ज्याक डोर्सिले गत जुनमा एउटा ट्वीटमार्फत् कम्पनीले यस प्रकारको हार्डवयर वालेट बनाउने सोचिरहेको बताएकामा अब भने उक्त भनाइले मूर्त रुप पाउने भएको हो।

‘हामीले बिटक्वाइन कस्टडीलाई मूलधारमा ल्याउनका लागि हार्डवयर वालेर सेवाको विकास गरिरहेका छाैं,’ डोरोगस्करले भने, ‘हामी यसबारे खुला रुपमा प्रश्नोत्तरको सिलसिला जारी राख्नेछाैं। यस योजनाका बारेमा हाम्रो थ्रेडमा आएका कम्युनिटीका सुझाव हाम्रा लागि साहस जगाउने, दयालु, साझेदारीयुक्त तथा प्रोत्साहनमूलक छन्।’

डोर्सीले आफ्नो बिटक्वाइनप्रतिको लगावबारे केही लुकाएका छैनन्। उनको ट्विटरको बायोमा समेत #बिटक्वाइन  मात्र लेखिएको छ।

यसबाहेक उनले कंग्रेससमक्ष बयान दिँदा बिटक्वाइनको घडी देखाएका थिए। साथै उनले आफू ‘ट्विटर वा स्क्वायरमा काम गरिनरहेको भए बिटक्वाइनमा काम गर्ने थिएँ’ पनि भनेका छन्।

त्यसैले स्क्वायले बिटक्वाइनका लागि बनाउने हार्डवयर वालेटमा धेरै केन्द्रित भएको खण्डमा पनि कुनै आश्चर्य हुने छैन।

तर यो वालेट स्कवायरको पहिलो क्रिप्टो कारोबार वालेट भने हुनेछैन। कम्पनीको क्याश एप मार्फत् अहिले पनि बिटक्वाइनको खरिद बिक्री गर्न सकिन्छ।

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...