काठमाडौं ।
वनप्लसले सन् २०२३ भित्र आफ्ना नर्ड सिरिजका २ करोड ५० लाख थान स्मार्टफोन बिक्री गर्ने लक्ष्य राखेको छ।
फ्ल्यागशिप किलर फोनको उत्पादनबाट यो क्षेत्रमा आएको वनप्लस हालै ओपोसँग मर्ज भएको छ भने अब उप्रान्त ओपोकै सहायक ब्रान्डका रुपमा चिनिनेछ।
कम्पनीले आगामी जुलाइ २२ मा वनप्लस नर्ड२ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनामा रहेको छ।
त्यसअघि हालै कम्पनीको सीईओ तथा सह संस्थापक पेट लउले कम्पनीका केही महत्वपूर्ण प्रक्षेपणहरुक बारेमा खुलासा गरेका छन्।
फोर्ब्सलाई दिएको एक अन्तरवार्तामा लउले वनप्लसले आगामी २०२३ सम्ममा २ करवड ५० लाख थान नर्ड सिरिजका फोनहरु बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको बताएका हुन्।
यो योजना केही महत्वाकांक्षी देखिए पनि कम्पनीले १० लाख थान भने बेचिसकेको छ। लक्ष्य भेट्नका लागि अबका २९ महिनामा उसले बाँकी २ लाख ४० हजार थान बिक्री गर्नुपर्ने हुन्छ।
काउन्टरप्वाइन्ट रिसर्चका अनुसार यस वर्षको पहिलो त्रैमासमा सामसङले ७ करोड ६६ लाख, एप्पलले ५ करोड ९५ लाख थान तथा ओपोले ३ करीड ८० लाख थान बिक्री गरेको तथ्याङ्क छ।
वनप्लस र ओपोको मर्जरपछि सीईओ लउले सबै उत्पादनहरु पहिलेजस्तै हिसाबले आउने तर यूजरलाई अझ राम्रो अनुभव प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहने बताएका छन्।
उनले क्षेत्रीय बजार पहिलेजस्तै रहने तथा कम्पनीले सफ्टवयरलाई स्थायित्व प्रदान गर्न तथा सफ्टवयर मर्मत तालिकामा सुधार ल्याउन अक्सिजनओएस र कलरओएस कोडबेसलाई एकीकृत गरेको पनि थपे।
बजारमा मध्यमस्तरका स्मार्टफोनको प्रतिस्पर्धा निकै चुलिएका बेला वनप्लसले नर्ड सिरिजको बिक्रीबारे बनाएको महत्वाकांक्षी योजनालाई कसरी पूरा गर्छ भन्ने तथ्य चाखलाग्दो छ।
प्रकाशित: २५ असार २०७८, शुक्रबार