काठमाडौं ।
विज्ञानले बताउँदछ कि कहिले जन्म हुन्छ, तर के तपाईंले सोच्नुभएको छ कि कसैले मृत्युको पनि पूर्वानुमान गर्न सक्छ, त्यो पनि क्याल्कुलेटरको साथ। तर अब यो विचार वास्तविकतामा परिणत भएको छ।
वैज्ञानिकहरूले हालै एक अनलाइन क्यालकुलेटर विकसित गरेका छन् जसले वृद्ध व्यक्तिको मृत्युको अनुमान गर्दछ।
वैज्ञानिकहरूको दाबी छ कि यसको सहयोगबाट वृद्ध व्यक्तिको परिवर्तित आवश्यकताहरू बुझ्न सकिनेछ। यसका साथै उनीहरूका परिवारले उनीहरूको हेरचाहमा सहयोग पुर्याउन सक्नेछन्। यस क्यालकुलेटरमार्फत छ महिना भित्र हुने मृत्युको भविष्यवाणी गर्न सकिने बताईएको छ।
क्यानाडास्थित यूनिभर्सिटी अफ ओटावाका अनुसन्धानकर्ताहरूले अन्टारियोका वृद्ध व्यक्तिहरूको उमेरको अन्तिम अवधिका अनुभवहरूको जानकारीलाई डाटामा रूपान्तरण गरेर यस अनलाइन क्यालकुलेटरको विकास गरेका हुन। यस क्यालकुलेटरलाई छोटोरुपमा रेस्पेक्ट (Risk Evaluation for Support: Predictions for Elder-Life in the Community Tool (RESPECT)) नाम दिईएको छ । जसले सहयोगका लागि जोखिम मूल्यांकन गर्दछ र वृद्ध जीवनको लागि भविष्यवाणी गर्दछ ।

यो डाटा ४ लाख ९१ हजार भन्दा बढि उमेरका मानिसहरूसँग सम्बन्धित छ
डाटा ६ बर्षको अवधिको लागि ४ लाख ९१ हजार भन्दा धेरै बृद्ध व्यक्तिसँग सम्बन्धित छ जसले घरेलु हेरचाह प्रयोग गरेका थिए। यो अनुसन्धान विशेषगरी घरमा नै हेरचाह भईरहेका मानिसहरुमा केन्द्रित छ।
अनुसन्धानको क्रममा, मानिसहरूलाई उनीहरूलाई स्ट्रोक, डाइमेन्शिया वा उच्च रक्तचाप जस्ता रोगहरू छन् कि भनेर सोधियो र दैनिक कार्यहरू गर्ने उनीहरूको क्षमता तीन महिनामा घटेको छ कि छैन् भनेर सोधेको थियो।
यसमा सहभागी उत्तरदाताहरूको कुल संख्याको औसत उमेर ७९.७ बर्ष थियो, र त्यसमध्ये ६५ प्रतिशत महिला सहभागी थिए ।
“RESPECT क्यालकुलेटरले परिवार र प्रियजनहरूलाई बुढेसकालको हेरविचार गर्न मद्दत पुर्याउँछ,” ब्रुयेरे रिसर्च इन्स्टिच्युटका अन्वेषक एमी हूले भनिन्। यो टूल डाक्टरहरू र होम केयर कर्मीहरूले पनि प्रयोग गर्न सक्दछन्।
यो क्यालकुलेटरमा १७ प्रश्नहरु रहेका छन र जवाफ दिन चाहनेहरुले उनीहरुको घर परिवार स्वास्थ्य अवस्था रोगहरु उनीहरुको हेरचाहलगायतका बारेमा बताउनुपर्नेछ ।
यसमा प्रयोग गरिएको मेथड र बिस्तृत बिबरणहरुको बारेमा क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा प्रकाशित भएकोछ।
प्रकाशित: २५ असार २०७८, शुक्रबार