काठमाडौं ।
वनप्लसले आफ्ना वनप्लस ९ र ९ प्रो स्मार्टफोनमा ब्याट्री जोगाउनका लागि थुप्रै चर्चित एपहरुको प्रदर्शन जानी जानी घटाएको स्विकारेको छ।
हालै आनन्दटेकका एन्ड्रेइ फ्रुमुसानुले ती डिभाइसको परीक्षण गर्दा एप स्टोरका थुप्रै मुख्य एपहरुको प्रदर्शन स्लो रहेको पाइएपछि उनले यो स्थिति असामान्य रहेको बताएका थिए।
उक्त परीक्षणमा आनन्दटेकले वनप्लसले थुप्रै चरचित एपहरुको फास्टेस्ट कोरहरुलाई कालोसूचीमा राखिएको र यसका कारण वेब ब्राउजिङ जस्ता कार्यहरु गर्दा डिभाइसको प्रदर्शन कम हुने निष्कर्ष निकालेको थियो।
उक्त साइटले क्रोम तथा ट्विटरको प्रदर्शन पनि परीक्षण गरेको थियो जसमा यट्ठ दुईसहित प्लेस्टोरमा चर्चित सबै एपहरुको प्रदर्शन स्लो पाएको थियो।
केही निर्माताहरुले बेन्चमार्कमा द्रुत देखाउन आफ्ना डिभाइसहरुको प्रदर्शन कृत्रिम तरिकाले बूस्ट गर्ने गरेको पाइएको थियो।
तर यिनीहरुमा भने बेन्चमार्क एपहरु सामान्य रुपमै चलेका पाइएका थिए भने रेगुलर एपहरुको प्रदर्शन घटाइएको थियो।
यसैबीच गीकबेन्चले वनप्लसको बेन्चमार्क तोडमोडको व्यवाहारलाई मध्यनजर गर्दै वनप्लस९ र ९ प्रोलाई आफ्नो एन्ड्रोइड बेन्चमार्क सूचीबाट हटाएको घोषणा गरेको छ।
प्रकाशित: २४ असार २०७८, बिहीबार