काठमाडौं ।
अमेरिकाका ३६ राज्यले प्लेस्टोरमा एप वितरण तथा भुक्तानीमा एकाधिकार गरेको आरोप लगाउँदै गुगलविरुद्ध मुद्दा दायर गरेका छन्।
अमेरिकाको नर्दर्न डिस्ट्रिक्ट अफ क्यारोलाइनाको जिल्ला अदालतमा दायर भएको उक्त मुद्दामा गुगलल शर्मन एक्टका नामले चिनिने अविश्वास कानूनको दफा १ र २ को उल्लङ्घन गरेको आरोप लगाइएको छ।
उक्त मुद्दामा गुगलले यूजरहरुललाई अन्य एप स्टोरबाट एप डाउनलोड गर्न वा डिभाइस उतपादकलाई प्रतिस्पर्धीका एप प्रिइन्स्टल गर्नबाट तर्साउन ‘प्राविधिक अवरोध वा गलत चेतावनी’ को प्रयोग गर्ने गरेको आरोप लगाइएको छ।
उक्त दस्तावेज अनुसार अमेरिकाका ९० प्रतिशतभन्दा बढी एन्ड्रोइड यूजरले गुगल प्लेस्टोर प्रयोग गर्ने गरेको र अन्य कुनै एप स्टोरको बजारमा प्रतिशतभन्दा बढी हिस्सा छैन।
गुगलको कथित एकाधिकार एप वितरणमा मात्र नभइ यसले इन-एप पर्चेजका बेला लिने ३० प्रतिशत करमा पनि रहेको छ।
पेपल तथा ब्रेनट्रीजस्ता वैकल्पिक भुक्तानीका माध्यमहरुले गुगल प्ले बिलिङको भन्दा निकै कम मात्र अर्थात् बढीमा २.९ प्रतिशत र थप ३० सेन्ट लिने गर्छन्।
मुद्दामा गुगलले यूजरलाई प्लेस्टोरबाहेकका स्रोतबाट एप डाउनलोड गर्दा प्रस्तुत गर्ने मोबाइल डिभाइस निर्मातासँगको वितरण स्विकृति, साइडलोडिङ गर्दा हुने हानीको अतिशयोक्तिसहितको चेतावनी, डेभलपरहरुलाई सम्झोतामा हस्ताक्षर गर्न लगाउने जस्ता ५ वटा रचण हरुपनि सूचीबद्ध गरिएका छन्। यस्तै कारणले एपिकले आफ्नो गेम स्टोर प्ले स्टोरबाट हटाएको थियो।
गुगलले एउटा ब्लगमार्फत् यीमध्ये केही आरोपको खण्डन गरे पनि अन्य बुँदाहरुका बारेमा कुनै तर्क दिन सकेको छैन।
प्रकाशित: २४ असार २०७८, बिहीबार