काठमाडौं ।
माइक्रोसफ्टले बुधबारबाट आफ्नो नयाँ अफिस डिजाइनको परीक्षण शुरु गरेको छ।
कम्पनीले गत वर्षमात्रै अफिसको डिजाइनमा परिवर्तन आउन लागेको संकेत गरेकामा अघिल्लो महिना नयाँ डिजाइनको विन्डोज ११ सँग मिल्ने गरी बनाइएको अफुको यूआई सार्वजनिक गरेको थियो।
कम्पनीका कर्मचारीले अब नयाँ अफिस यूआई परीक्षण गर्न सक्नेछन् भने यसै वर्षको अन्त्यसम्म सबै अफु ३६५ यूजरलका लागि उपलब्ध गराइने बुझिएको छ।
यसमा भएको मुख्य परिवर्तन भनेको अफिस रिबन बारको गोलाकार लूकका साथै वर्ड, एक्सेल, पावरप्वाइन्ट तथा आउटलूक बटनमा गरिएका हल्का परिमार्जनहरु हुन्।
माइक्रोसफ्टले पहिले अफिस यूआईमा नाटकीय परिवर्तन गरिएको संकेत गरेको थियो जसमा परम्परागत रिबन इन्टरफेसको सट्टा कमाण्डबारको प्रयोग आदि थिए।
माइक्रोसफ्टले एकैचपटक रिबन इन्टरफेस हटाउनुको सट्टा बिस्तारै बिस्तारै अफिस डिजाइनमा परिवर्तन ल्याउन खोजेको आभास हुन्छ।
कम्पनी अफिसको रिबन इन्टरफेसलाई फ्लोटिङ टूलबारले विस्थापित गर्नका लागि आन्तरिक काममा जुटेको छ।
मुख्य डेस्कटफ भर्सनको वर्ड एक्सेल तथा पावरप्वाइन्टमा आउनुअघि त्यस्ता परिवर्तन अफिसको वेब तथा मोबाइल भर्सनमा उपलब्ध हुँदा यूजरहरुलाई सहज हुन्छ। माइक्रोसफ्टले गत वर्ष यस्ता परिवर्तन पूर्णरुपमा लागू हुन १ वा २ वर्ष लाग्ने बताएको थियो।
त्यसैले अहिले विन्डोज ११ को समयमा मात्र केही परिवर्तन देख्न सकिनेछ।
माइक्रोसफ्टको यो अपडेटेड अफिस इन्टरफेस परीक्षणका लागि विन्डोज १० र ११ दुवैमा उपलब्ध छ।
यो परीक्षण गर्नका लागि अफिस इन्साइडर्स ग्रुपको सदस्य हुन अनिवार्य छ। त्यसपछि अफिस सेटिङ्समा बिटा च्यानल अपडेट रिसिभ गर्नुपर्छ।
यति अपडेट गरिसकेपछि कुनै पनि अफिस एपको माथि एउटा मेगाफोन आइकन आउँछ जसले यो यूआई अन वा अफ गर्ने अप्शन दिन्छ।
प्रकाशित: २४ असार २०७८, बिहीबार