काठमाडौं ।
सफ्ट बैंकको स्वामित्वमा रहेको जेड होल्डिंग्सले जापानमा याहूको इजाजतपत्र अधिकार भेरिजोन मिडियाको हातबाट १७८.५ अर्ब यूआनमा लिन सहमत भएको छ।
भेरिजोनले आफ्नो मिडिया क्षेत्रला२ ५ अर्ब डलरमा निजी इक्विटी फर्म एपोलो ग्लोबललाई बेचेको घोषणा गरेपछि यो सम्झौता आएको हो, जसमा एओएल र याहू पर्छन्।
याहूले पश्चिमी बजारमा सान्दर्भिक रहन अहिलेपनि संघर्ष गरिरहेको छ तर सो ब्राण्ड जेड होल्डिंग्सको मुख्य हिस्सा हो, जसले जापानमा सफ्टब्यांकका विभिन्न इन्टरनेट व्यवसायको स्वामित्व राख्छ र गत आर्थिक वर्षमा ८४८ अर्ब यूआन करयोग्य नाफा कमायो।
सफ्टब्यांक र नाभेरको संयुक्त लगानीमा जेड होल्डिंग्स संचालन भईरहेको छ। यो इन्टरनेट व्यवसाय याहू जापान, याहू शपिंग, जोजो, जापान नेट बैंक, र मेसेजिंग प्लेटफर्म लाइनको मूल कम्पनी हो। याहू जापानको स्वामित्वको बाबजुद, कम्पनीले याहूको ब्रान्ड, इजाजतपत्र प्रविधि, र अन्य इजाजतपत्र भएका सामग्रीहरू प्रयोग गर्नको लागि हाल भेरिजन मिडियालाई रोयल्टी तिर्नुपरेको थियो।
१७८.५ अर्ब यूआन सम्झौताको साथ, जेड होल्डिंगले जापानमा याहू र याहू जापान सम्बन्धी ट्रेडमार्क अधिकार, जापानमा अवस्थित लाइसेन्स प्राप्त टेक्नोलोजी, साथै जापानमा याहू ब्रान्डिङ्ग र टेक्नोलोजी प्रयोग गर्न सँधैको लागि अधिकार प्राप्त गर्नेछ।
एपोलो-भेरिजोन मिडियाबिच आधिकारिक रूपमा कारोबार सम्पन्न गरेपछि यो लेनदेन अन्तिम हुनेछ, जेड होल्डिंग्सले एक विज्ञप्तिमा भनेकोछ।
जेड होल्डिंगले याहू जापान र भेरिजन मिडियाले उनीहरूको सहकार्यको व्यवसाय र टेक्नोलोजी सम्बन्ध सो लेनदेन पछि पनि कायम राख्ने जनाएको छ । एजेन्सी
प्रकाशित: २४ असार २०७८, बिहीबार