आईफोन १३ फक्सकन र पेगाट्रनमा बन्ने, प्रो भर्सनमा क्यामरा क्षमता बढ्ने पक्का

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
आईफोन १३ फक्सकन र पेगाट्रनमा बन्ने, प्रो भर्सनमा क्यामरा क्षमता बढ्ने पक्का

काठमाडौं ।

एप्पलको आईफोन १३ आउन ३ महिनामात्रै बाँकी रहँदा यसबारेमा थुप्रै चर्चाहरु बाहिरिइरहेका छन्।

हालैको एक चर्चाका अनुसार २०२१ को आईफोन निर्माणका मुख्य कम्पनीहरु फक्सकन र पेगाट्रन हुनेछन् जसमा एप्पलले आईफोन १३ मिनीको सङ्ख्या बाँडेर अर्डर दिनेछ।

विश्लेषक मिङ चि कुओको रिपोर्टहरुमा पनि मिनी भर्सनको बिक्रीमा देखिएको अधोगतिका कारण आईफोनको यो अन्तिमा मिनी भर्सन हुने दावी गरिएको छ।

यसअघिको एउटा रिपोर्टमा ठूलो स्क्रीनयुक्त आईफोन १४ म्याक्सले मिनी भर्सनलाई विसथापित गर्ने बताइएको थियो। तर यसो हुने छाँटकाट देखिएको भने छैन।

फक्सकन आईफोनको मुख्य निर्माता रहँदै आएकाले आउँदै गरेको आईफोन उसले बनाउनु स्वाभाविकै भए पनि एप्पलले ताइवानको विद्यार्थीहरुको श्रम आन्दोलनमा श्रम शोषणको आरोपमा परीक्षणमा राखिएको पेगाट्रनलाई पनि निर्माणमा संलग्न गराएको तथ्य भने अलि चाख लाग्दो छ।

कम्पनीसम्बद्ध अधिकारीहरुका अनुसार फक्सकनले आईफोन १३ को अधिकांश परिमाण निर्माण गर्नेछ।

यसैबीच आईफोन १३ प्रो मा आईफोन १२ प्रो को तुलनामा बढी क्षमताको क्यामरा राखिने र यो पछाडिपट्टि वर्गाकार सेटअपमा दिइने पक्का भएको छ।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...