क्रिप्टोकरेन्सी लेनदेनका लागि सफ्टवेयर सेवा दिने कम्पनीहरु बन्द गर्न चीनको आदेश

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
क्रिप्टोकरेन्सी लेनदेनका लागि सफ्टवेयर सेवा दिने कम्पनीहरु बन्द गर्न चीनको आदेश

काठमाडौं ।

चीनको केन्द्रीय बैंकले मंगलबार त्यस्ता कम्पनी बन्द गर्न आह्वान गरेको छ जसले भर्चुअल मुद्रा लेनदेनका लागि सफ्टवेयर सेवा प्रदान गर्ने शंका गरिएको छ।

चीनको पीपुल्स बैंकको बेइजिङ्ग कार्यालयले जारी गरेको उक्त विज्ञप्तिमा संस्थाले व्यवसाय परिसर वा बजारका साथै भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सी सँग सम्बन्धित अन्य सेवाहरू प्रदान नगर्न चेतावनी पनि दिएको थियो।

२०१३ मा, देशले तेस्रो पक्षिय भुक्तान प्रदायकहरूलाई बिटक्वाइन प्रयोग रोक्न आदेश दिएको थियो।

पछिल्लो पटक चीनको नियामक निकायले श्रृंखलाबद्धरुपमा क्रिप्टोकरेन्सी तथा भर्चुअल मुद्रामाथि एक्सन लिईरहेको छ । शुरुमा वित्तिय सेवा प्रदायकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा रोक लगाएकोमा चीनको सामाजिक सञ्जाल वेइबोमा समेत क्रिप्टोकरेन्सी बारेका एकाउन्टहरुमा प्रतिबन्ध लगाईएको थियो ।

त्यसैगरि चीनभित्र क्रिप्टोकरेन्सी र विशेषगरि बिटक्वाइन माइन गर्न समेत प्रतिबन्ध लगाईएको छ । एजेन्सीहरु

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार