आईफोन १४ लाइनअपका सबै डिभाइसमा १२० हर्ज एलटीपीओ ओएलईडी प्यानल रहने

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
आईफोन १४ लाइनअपका सबै डिभाइसमा १२० हर्ज एलटीपीओ ओएलईडी प्यानल रहने

काठमाडौं ।

आईफोन १३ का प्रो मोडलहरुमा १२० हर्ज एलटीपीओ ओएइलईडी प्यानल तथा भ्यानिला मोडलहरुमा ६० हर्जका डिस्प्ले रहने लगभग तय भइसकेको छ।

एलटीपीओ प्यानल सामसङले मात्र बनाउने र उसले बजारमा माग भएका जति सबै आपूर्ति गर्न नसक्ने भएकाले एप्पलले सबै डिभाइसमा यो डिस्प्ले राख्न नसकेको हो।

तर अब एलजीले पनि आगामी वर्षदेखि एलटीपीओ ओएलईडी उत्पादन गर्ने योजना बनाएकाले बजारमा यसको उपलब्धता बढ्ने र यस हिसाबले धेरै डिभाइसमा प्रयोग गर्न सकिने आकलन गरिएको हो।

कोरियाली प्रविधि साइट दइलेकका अनुसार एलजीले आईफोन १४ का लाइनअपका लागि उक्त प्यानल पर्याप्त रुपमा आपूर्ति गर्नसक्ने आत्मविश्वास देखाएको छ।

एलजीले एलटीपीओ प्यानल बनाउने उपकरण आपूर्तिकर्ता एभाकोसँग छलफल गरिररेहको र उत्पादन लाइनअपका लागि उक्त प्यानल लिने कुराको अनुमति कुरिरहेको बुझिएको छ।

त्यसपछि मात्र एभाकोले एलजीको उत्पादन प्लान्टमा उपकरण हरु पठाउन सक्नेछ।

सबै कुरा योजना अनुसार नै भएमा एलजीले आईफोन १४ का प्रो बाहेकका मोडलका लागि पनि एलटीपीओ ओएलईडी प्यानल आपूर्ति गरेर सामसङलाई टक्कर दिन सक्नेछ।

यसले एप्पललाई आफ्नो डिस्प्ले प्यानल आपूर्तिकर्तामा विविधता ल्याउन मदत गर्ने तथा सधैं सामसङ डिस्प्लेमा मात्र भर पर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...