स्न्यापड्रागन ८९५ तथा ८९५+ चिप ४एनएम प्रोसेसमा उत्पादन हुने

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
स्न्यापड्रागन ८९५ तथा ८९५+ चिप ४एनएम प्रोसेसमा उत्पादन हुने

काठमाडौं ।

क्वालकमले आफ्नो अत्याधुनिक स्न्यापड्रागन ८९५ तथन ८९५+ चिपसेट ४एनएम प्रोसेसमा उत्पादन गर्ने भएको छ।

यसभन्दा अगाडिको ८६५ चिपसेट टीएसएमसीको ७ एनएम नोडमा बनेको थियो भने ८८८ चिपसेटका लागि भने उसले सामसङको नोड प्रयोग गरेको थियो।

यसैगरी स्न्यापड्रागन ८८८+ पनि सामसङकै ५एनएम नोडमा तयार गरिएको थियो। यो कोर्टेक्स-एक्स१ को २.८४ बाट बढाएर २.९९५ गिगाहर्जमा क्लक गरिएको र एनपीयू पनि २६ बाट बढाएर ३२ टीओपीएसमा क्रयाङ्क गराइएको भर्सन हो।

आइस यूनिभर्सका अनुसार स्न्यापड्रागन ८९५ अर्को वर्ष सामसङको ४एनएम नोडमा फ्याब गरिनेछ भने ८९५+ को अपग्रेड टीएसएमसीको ४ एनएम फाउन्ड्रीमा गरिनेछ।

स्न्यापड्रागन ८९५ र ८९५+ पनि ८८८ तथा ८८८+ कै हाराहारीमा सार्वजनिक हुनसक्ने बुझिएको छ। यसको भ्यानिल भर्सन भने आगामी डिसेम्बर वा २०२२ को जनवरीसम्ममा आउने आकलन गरिएको छ।

यसको प्लस भर्सन भने त्यसको ६ महिना पछि आउनेछ।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...