पेटेन्टको लागि ह्वावे एक्लैको १३ वटा आवेदन, यस्ता छन् आवेदन दिने अन्य टेक्नोलोजी कम्पनीहरु

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
पेटेन्टको लागि ह्वावे एक्लैको १३ वटा आवेदन, यस्ता छन् आवेदन दिने अन्य टेक्नोलोजी कम्पनीहरु

काठमाडौं ।

-अनुज  राज

उद्योग विभागले हालै नेपालमा पेटेन्ट तथा ट्रेडमार्कका लागि माग भएका आवेदनहरुको बारेमा जानकारीहरु सार्वजनिक गरेको छ।

सो सार्वजनिक तथ्यांकअनुसार नेपालमा विश्वका प्रतिष्ठित विभिन्न प्रविधि क्षेत्रका कम्पनीहरुले समेत आफ्नो पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कहरुको लागि आवेदन दिएका छन् । यसका साथै विभिन्न इलेक्ट्रोनिक्स ब्राण्डहरुले समेत नेपालमा आफ्ना पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कहरु दर्ता गर्नका लागि आवेदन दिएका छन् ।

जसमध्ये ह्वावे, टेनसेन्ट होल्डिङ्ग, भिभो, रियलमी, सानडिस्क, सामसङ्ग, क्यासियो कम्प्युटर, सेनझेन टिसिएल, यीयू टार्गेट इलेक्ट्रीकलगायतका विश्व प्रसिद्ध कम्पनीहरु रहेका छन् ।

नेपाली कम्पनीहरुले समेत आफ्नो स्थानीय पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कहरुको लागि वौद्धिक सम्पत्तिअन्तरगत अधिकार लिन आवेदन दिएको देखिएको छ।

तथ्यांकअनुसार प्रविधि कम्पनीहरुमध्ये सबैभन्दा धेरै ह्वावेले आफ्नो दर्ता गरेको देखिएकोछ । ह्वावे टेक्नोलोजी कम्पनी लिमिटेडले अनर च्वाइन ब्राण्ड र नाममा विभिन्न खण्डको लागि आवेदन दिएको छ।

ह्वावेले एक्लै १३ वटा विभिन्न क्षेत्रका लागि अनर च्वाइस(Honor Choice) को अधिकारको लागि निवेदन दिएको छ । कम्पनीले अनर हन्टरको लागि समेत आवेदन दिएको छ ।

त्यसैगरि रियलमीले आफ्नो रियलमी ब्राण्ड, अपरेटिङ्ग सिस्टम, नार्जो सब-ब्राण्ड, बड्स एयर, आफ्नो फास्ट चार्जिंग प्रविधि डार्ट र सूपर डार्ट, भिभोको नयाँ ब्राण्ड लोगो, सामसङको सामसङ डेक्स (Dex) र सामसङ नोक्स(Samsung Knox) को लागि आवेदन दिएको छ ।

सेनझेन टिसिएल नामक चिनियाँ कम्पनीले आफ्नो आईफाल्कन नाममा विभिन्न इलेक्ट्रोनिक डिभाइस ब्राण्डमा आवेदन दिएको छ ।

टेन्सेन्ट होल्डिङ्गस लिमिटेडले ‘भूभ’ (Voov) नाम र लोगोको लागि आवेदन दिएको देखिएको छ ।

प्रविधि कम्पनीहरुका सहित विभिन्न अटोमोबाइल कम्पनीहरुले समेत आफ्नो ब्राण्ड, लोगो नाम लगायतको लागि वौद्धिक सम्पत्तिको लागि अनुरोध गरेको छ । जसमा कियाको नयाँ लोगो, टोयोटा होण्डा, हुन्डाई निसान, जोन डियर लगायतका अटोमोबाइल ब्राण्डहरुले आफ्नो नयाँ लोगो, ब्राण्ड, नयाँ उपकरणहरुलगायतको लागि आवेदन दिएका छन्।

यसैगरि आईएमएस ग्रुपले किनेको ईकमर्श कम्पनी स्मार्ट डोकोले समेत आफ्नो ब्राण्ड र लोगो नामको पेटेन्ट तथा ट्रेडमार्कका लागि आवेदन दिएको देखिन्छ ।

यस बाहेक स्थानिय प्रविधि कम्पनीहरु बिजहब आईटी सर्भिस प्रालिले ओटिस नामक नाम ल लोगोको लागि, प्रोफेशनल कम्प्युटर सिस्टम प्रालिले डिभाइस मार्क र लोगोको लागि तथा पिसिएस नामक सफ्टवेयर ब्राण्डको लागि एडभान्स न्यू टेक्नोलोजीज कम्पनी लिमिटेडले एन्ट र एन्टफिनको लागि आवेदन दिएका छन् ।

यस बाहेक विभिन्न विदेशी तथा स्वदेशी कम्पनीहरुले समेत आवेदन दिएको देखिएको छ ।

उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले कम्पनीहरुले पछिल्लो चरणमा दिएको आवेदनको आधारमा वौद्धिक सम्पत्तिको प्रमाणपत्र दिने जानकारी दिए ।

‘हामीले सार्वजनिक गरेको आवेदनमा विभिन्न कम्पनीहरुले वौद्धिक सम्पत्तिको लागि प्रमाणपत्र माग गरेका छन् । कसैले सो बारेमा उजुरी वा गुनासो नगरेको खण्डमा उनीहरुलाई प्रमाणपत्र दिईनेछ । यसको लागि विदेशी कम्पनीहरुले पनि सो सार्वजनिक भएका पेटेन्ट, डिजाइन र ट्रेडमार्कहरुमा दावी वा उजुरी गर्न सक्नेछन्,’ उनले टेक्नोलोजीखबरसँग भने ।

विभागले सो वौद्धिक सम्पत्तिको आवेदन दर्ताको तथ्यांक सार्वजनिक भएको ९० दिनभित्र सो बारेमा दाबी विरोध गर्न सकिने जनाएको छ ।

हेर्नुस विभागले हालै सार्वजनिक गरेको सूचना-

Buletins-20210702134236307

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार