आफ्नो घरसमेत बेचेपछि अब कहाँ बस्लान् इलन मस्क? दुई परिवारलाई कहाँ राख्लान्? 

  • Technology Khabar | २२ असार २०७८, मंगलवार

काठमाडौं ।

विश्वकै तेस्रो धनाढ्य तथा टेस्ला कम्पनीका मालिक इलन मस्कले गत वर्ष किनेको ६ ओटा बंगलासहित सबै बिक्री गर्ने बताएपछि उनी सानो स्टुडियो आकारको डेरामा बस्ने भएका छन्।

गत वर्ष आफ्नो सबै सम्पत्ति बेचेर टेक्सस गएका मस्कले गत जुनमा आफूसँग बे एरियामा एउटा घर मात्र रहेको र आफ्नो मुख्य वासस्थान भने स्पेसएक्सको कार्यालयबाट भाडामा लिइएको सानो बक्स आकारको घर भएको बताएका छन्।

टेक्ससको बोका चिकामा रहेको स्पेसएक्सको स्टारशिप उत्पादन गर्ने ठाउँमा रहेको यो घर ४०० वर्ग फिटमा फैलिएको छ।

फोर्ब्सका अनुसार १ खर्ब ६९ अर्ब डलर खुद सम्पत्तिका मालिक मस्क अब फोल्ड गर्न मिल्ने प्रि-फ्याबले बनेको घरमा बस्ने भएका हुन्। लगभग ५० हजार डलरको उक्त २०x२० को घर एउटा सानो स्टुडियो अपार्टमेन्ट जस्तै छ।

‘यो सानो भए पनि गज्जबको छ’, मस्कले ट्वीटमा लेखेका छन्।

अकूत सम्पत्ति कमाएको भनेर आलोचना भएपछि ५० वर्षीय मस्कले गत वर्ष आफ्नो सबै सम्पत् बेच्ने घोषणा गरेका थिए।

उनले ट्विटरमा लेखेका छन्,अब मसँग बे एरियाको एउटा घर मात्रै छ। मैले यो पनि बेचें भने एउटा ठूलो परिवरले किनेको खण्डमा मात्रै काम लाग्ने देखिन्छ। कुनै दिन यो हुन पनि सक्ला।’

केही दिनपछि उनले उक्त घर पनि बिक्रीमा रहेको ट्वीट गरे। क्यालिफोर्नियाको हिल्सबर्गमा रहेको ४७ एकडमा फैलिएको उक्त घर १०० वर्षभन्दा पुरानो रहेको र लगचग १६००० वर्ग फिम ओगटेको छ।

९ बेडरुम र १० शोचालय रहेको उक्त घर उनले सन् २०१७ मा २ करोड ३४ लाख डलरमा किनेर हाल ३ करीड ७५ लाख डलरमा बिक्रीमा राखेका हुन्।

मस्कले क्यालिफोर्निया सरकारसँग विवाद बढेपछि आफ्ना सम्पत्ति बेच्न शुरु गरेका हुन्। कोरोनाका कारण राज्यले बे एरियामा रहेको टेस्लाको फ्याक्ट्री चलाउन नदिएको भन्दै मुद्दासमेत हालेका उनले राज्यले व्यवसायहरुलाई बढावा नदिने गरेको आरोप पनि लगाएका थिए।

डिसेम्बरको शुरुवातमा मस्कले आफू टेस्लाको नयाँ फ्याक्ट्री र स्पेसएक्सको फ्यासिलिटी पनि रहेकोले टेक्ससमा बसाइ सर्न लागेको घोषणा गरेका थिए।

उनले अस्टिनमा अरु घर पनि भाडामा लिन्छन् वाद लिँदनन्, जेठी श्रीमती र उनीपट्टिका ५ बालबालिका कहाँ बस्छन् वा उनकी ३२ वर्षीया गर्लफ्रेन्ड र उनीपट्टिको एउटा बच्चा कहाँ बस्छन् भन्ने कुरा भने यकिन भैसकेको छैन।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार