यी हु्न् नेपालका उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकहरु

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
यी हु्न् नेपालका उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकहरु

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ वैशाख मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार ग्राहक सङ्ख्याका आधारमा निम्न इन्टरनेट सेवा प्रदायकहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ४, ७८, ६४८

२०७७ चैत मसान्त – ४, ६८, ०४६२०७८ वैशाख मसान्त – ४, ७८, ६४८वृद्धि – १०, ६०२

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७८ वैशाख मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ४ लाख ७८ हजार ६४८ पुगेको छ।

चैत मसान्तसम्म ४ लाख ६८ हजार ०४६ रहेकामा उक्त सङ्ख्यामा १० हजार ६०२ बढेको हो।

यीमध्ये वायरलेसका ग्राहक ९८१, केबलका ग्राहक ८६० र फाइबरका ग्राहक ४, ७६ हजार ८०७ रहेका छन्।

२. सुविसु केबलनेट प्रालि २, ०४, ००७

२०७७ चैत मसान्त- १, ९५, ३२८२०७८ वैशाख मसान्त – २,०४, ००७वृद्धि – ८, ६७९

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख ४ हजार ७ पुगेको छ। यो सङ्ख्या चैत मसान्तसम्म १ लाख ९५ हजार ३२८ रहेको थियो।

एक महिनामा ८ हजार ६७९ ग्राहक थपिएका छन्। यीमध्ये वायरलेसका ग्राहक १०, ४३१, केबलका ग्राहक २५, ७१८ र फाइबरका ग्राहक १, ६७ हजार ८५८ रहेका छन्।

३.भायानेट प्रालि – १, ४४, ००३

२०७७ चैत मसान्त – १, ३८, ७०६२०७८ वैशाख मसान्त – १, ४४, ००३वृद्धि – ५, २९७

तेस्रो नम्बरको भायानेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २०७७ चैत मसान्तसम्म १ लाख ३८ हजार ७०६ रहेकामा एक महिनामा ५ हजार २९७ थपिएर चैत मसान्तसम्म १ लाख ४४ हजार ३ पुगेको छ। यसमध्ये सबै फाइबरका ग्राहक छन्। भायानेट प्रालिका केबल र वायरलेस ग्राहकहरु छैनन्।

४. क्लासिकटकेक प्रालि – १, ४३, ३२९

२०७७ चैत मसान्त – १, ३७, ५६८२०७८ वैशाख मसान्त – १, ४३, ३२९वृद्धि – ५, ७६२

उत्कृष्ट १० को सूचीमा चाैथो नम्बरमा रहेको क्लासिकटेक प्रालिको २०७७ चैत महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ३७ हजार ५६८ रहेकामा एक महिनाको अवधिमा ५ हजार ७ सय ६२ वृद्धि भएर १ लाख ४३ हजार ३२९ पुगेको छ।

यीमध्ये १, ४२, २६२ फाइबर सेवा लिने ग्राहकहरुक ५ छन् भने १, ०६७ वायरलेसका ग्राहक छन्।

५ वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ६९, ०३२

२०७७ चैत मसान्त – २९, ६७१२०७८ वैशाख मसान्त – ६९, ०३२अन्तर – ३९, ३६१

कुल ग्राहक सङ्ख्या ६९ हजार ०३२ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको पाँचाैँ नम्बरमा पुगेको छ। उसको अघिल्लो महिनामा भन्दा ३९ हजार ३६१ ग्राहक थपिएर साताैं नम्बरबाट पाँचाैंमा उक्लिएको हो।

उसका २९ हजार ६४१ मध्ये ३ हजार ९७ जना वायरलेसका तथा बाँकी २६, ५७४ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ५९, ४७५

२०७७ चैत मसान्त – ५६, ९३२२०७८ वैशाख मसान्त – ५९, ४७५वृद्धि – २,५४३

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ५९ हजार ४७५ ग्राहकसहित छैटाैं नम्बरमा परेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् २०७७ चैत मसान्तको भन्दा २ हजार ५४३ ले बढी हो।

५९ हजार ४७५ मध्ये २, ४१६ जना वायरलेसका तथा ५७, ०५९ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्।

७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४४, ५९४

२०७७ चैत मसान्त – ४२, ७१४२०७८ वैशाख मसान्त – ४४, ५९४वृद्धि –  १, ८८०

उत्कृष्ट १० को छैटाैं नम्बरमा परेको ब्रोडलिक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४२ हजार ७१४ जना ग्राहक रहेकोमा १७६ जना वायरलेसका तथा बाँकी ४४, ४१८ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाकोभन्दा १८८० ले बढी छ।

८. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

२०७७ चैत मसान्त – १८, ११०२०७८ वैशाख मसान्त – १८, ५७०वृद्धि – ४६०

सूचीको आठाैं नम्बरमा यथावत रहेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० पुगेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् २०७७ चैत मसान्तको भन्दा ४६० बढी हो।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

९. एरोनेट प्रालि १३, ०२४

२०७७ चैत मसान्त – १३, ०२४२०७८ वैशाख मसान्त – १३, ०२४अन्तर – यथावत

२०७७ चैत महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १३ हजार २४ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि चैत मसान्तमा पनि उत्तिकै ग्राहक संख्या सहित यथास्थानमै रहन सफल भएको छ।

यसले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७४ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १२ हजार ९५० रहेको तथ्याङ्क छ।

१०. इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेड १०, ४२२

२०७७ २०७७ चैत मसान्त – १०, ३७७२०७८ वैशाख मसान्त – १०, ४२२वृद्धि – ४५

उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडको कुल ग्राहक सङ्ख्या १० हजार ४२२ जना रहेकामा यो सम्पूर्ण सङ्ख्या फाइबरमार्फत् सेवा लिने ग्राहकहरुको हो। इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडले वायरलेस वा केबलमार्पत् सेवा उपलब्ध गराएको छैन।

अघिल्लो महिना १०, ३३७ ग्राहक सङ्ख्या रहेकामा यो महिना ४५ थपिएर १०, ४२२ पुर्याउँदै १० औं स्थानमा यथावत रहेको छ।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार