
काठमाडौं ।
भर्जिन ग्यालेक्टिकका संस्थापक रिचर्ड ब्रानसनको साथमा अन्तरिक्षको अनुभव लिनका लागि छिमेकी देश भारतीय मूलकी सिरीषा बन्डला समेत सो टिममा सहभागी हुने भएकी छिन्।
भर्जिन ग्यालेक्टिक युनिटी २२ मिशनअन्तरगतको ‘वीएसएस युनिटी’ यहि जुलाई ११ मा अन्तरिक्षमा उडान भर्दैछ जसमा ६ जना ब्रानसनसहित उड्नेछन्।
आन्ध्र प्रदेशमा जन्मेकी र ह्युस्टनमा हुर्केकी बन्डला आन्ध्रको गुन्टूर जिल्लाकी तेलुगु महिला कल्पना चावलापछि अन्तरिक्षमा उडान गर्ने दोस्रो भारतीय मूलकी महिला बन्नेछिन्। राकेश शर्मा र सुनीता विलियम्स अन्य भारतीयहरू थिए जो बन्दलाको अघि अन्तरिक्षमा पुगेका थिए।
ट्वीटरमा ३४ वर्षीया एयरोनटिकल ईन्जिनियरले सो दलको हिस्सा बनेकोमा “अविश्वसनीय रूपमा सम्मानित” भएको बताईन्। एजेन्सी
प्रकाशित: २२ असार २०७८, मंगलवार